१६ चैत्र २०८० शुक्रबार
समाज

पहिरोले घर पुरिँदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु

पहिरोमा बेपत्ता खोज्दै प्रहरी र स्थानीयहरु।

रोल्पा - पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। बिहीबार राति सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लाबाङमा पहिरो खस्दा घर पुरिएर दुइ परिवारका ६ जनाकाे भएको हो।

मध्य राति घर माथिबाट आएको पहिरोले ६ जनालाई पुरेको हो। पहिरोमा पुरिएर २८ वर्षिया शिरकुमारी बुढा र उनको ४ वर्षिय छोरा असल बुढाको मृत्यु भएको छ। त्यस्तै ३८ वर्षिय जय बुढा, उनकी श्रीमती ३६ बर्षिया मुलज्वती बुढा र उनका दुई छोरी ९ वर्षिया बेवस्ती र २ वर्षिया करिस्माको पनि मृत्यु भएको छ। शिरकुमारीका श्रीमान कमल बुढा रोजगारीका लागि विदेश छन।

रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार शुक्रवार बिहान स्थानीयले शिरकुमारी र उनको छोरा असलको शव निकालेका थिए। बाँकी बेपत्ता ४ जनाको लाश मिरुल, कुरेली, थबाङबाट गएको प्रहरी र स्थानीयहरुले शुक्रवार दिउँसो मात्र भेटाएका थिए। आफ्नो घर सुरक्षित नभएपछि जय बुढाको परिवार छिमेकी भाईको उक्त घरमा सुत्न आएका थिए। ढुंगा र काठको छाना भएको दुई तले घरको माथिल्लो तलामा रहेका शीरकुकारी र उनका छोरा सुतेका थिए भने तल्लो तलामा जय बुढाको परिवार सुतेको थियो। 

 आफ्नो घर सुरक्षित नभएपछि जय बुढाको परिवार छिमेकीको घरमा सुत्न आएका थिए। तर पहिरोले दुबै परिवारका ६ जनाको ज्यान लियो।

सहिद मार्ग सडक आयोजनाले खनेको सडक समेत आएर घर पुरिएको हो। स्थानीयका अनुसार सहिदमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार र कार्यालयले लापरवाही गरेकाले घरमाथि पहिरो खसेको हो। ‘कानुनी प्रकृया अनुसार पोष्टमार्टम गर्नै पर्ने भएकाले जिल्ला अस्पतालबाट डाक्टरलाई घटना स्थल पठाएका छौ।’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने ‘त्यहाको आवस्यकता अनुसार राहतको पनि व्यवस्था गर्नेछौ।’

गाउँपालिकाले तत्काललाई राहतका बारेमा कुनै निर्णय नगरेको जनाएको छ। ‘तत्काललाई केहि छैन। हामी पनि सबै बाहिर बाहिर छौ।’ थबाङ गाउँपालिकाका अध्यक्ष बिरबहादु घर्तीले भने ‘अब सकेजति छिटो केहि व्यवस्था गर्नु पर्ला।’

केहि दिन यताको भिषण बर्षाले रोल्पाका अधिकांस सडक बन्द छन। जिल्लाका धेरै भुभाग जोखिममा छन। केहि दिन अगाडि पूर्वी रोल्पा स्थित सुनछहरी गाउँपालिकाको सेरममा एक किशोर पहिरोमा पुरिएका थिए भने पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाको गैरीगाउ दुम्लामा एक जनालाई बाढीले बगाएको थियो।

प्रकाशित: २७ भाद्र २०७६ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App