१५ चैत्र २०८० बिहीबार
समाज

इन्द्रजात्रा अगाडि प्रहरी धरपकड, पूर्व डिआइजी पनि पक्राउ

काठमाडौं - इन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा प्रहरीले पूर्व डिआइजी र एकजना नेपाली सेनाका अधिकृतसहित दर्जन बढीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वडीआईजी विजयराज भट्ट पनि छन् ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उच्छ्रृंखल गतिविधिमा संग्लन भएको आरोपमा केहीलाई नियन्त्रणमा लिएको बताए। उनका अनुसार नियन्त्रणमा लिएकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। उनीहरु शुक्रबार अपराहन्न पक्राउ परेका हुन्।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ। तर गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यही क्रममा धरपकड भएको अनुमान छ।

गुठी विधेयकमा राष्ट्रपतिले विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको मागप्रति उदासिनता देखाएकोमा उनको कार्यक्रमलाई बहिष्कार गर्नु पर्ने धारणा समूह भित्र केहीले राखेको जानकारी प्रहरीलाई प्राप्त भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा परिएको छ।

प्रकाशित: २७ भाद्र २०७६ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App