१६ चैत्र २०८० शुक्रबार
समाज

पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

जाजरकोट– अविरल वर्षातका कारण आएको पहिरोले पुरिएर जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। बाटोमा हिडिरहेको बेला  गएराति १२ बजेतिर माथिबाट आएको पहिरोले पुरिएर जिल्लाको छेडागाड नगरपालिका–६ सुवानाउलीका  १८ वर्षीय युवक खड्गबहादुर रावतको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी श्यामवहादुर खत्रीले जानकारी दिए।

सोहि वडाको  पसील भन्ने ठाउँमा धामी नाँच हेरेर साथीसँगै फर्किने क्रममा  गोरेटो वाटोमा  माथि तिरवाट आएको पहिरोमा पनि रावतको  गएरारित १२ वजेतिर निधन भएको  डिएसपी खत्रीले बताए। उनका अनुसार  रावतसँगै साथमा रहेका सोहि ठाउँका  १५ वर्षीय निमबहादुर रावतको टाउकोमा चोट लागेको र उनको  स्थानीय स्वास्थ्य सस्थामा  उपचार भइरहेको छ।

खड्गवहादुर पहिरोमा पुरिएको र  पहिरोको ढुंगाले  चोट लागेर घाइते भएका निमवहादुर भने राति नै  भागेर  बाँच्न सफल भएको  प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ भाद्र २०७६ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App