८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले सडक भत्काएपछि फाइबरमा टेकेर यात्रा

रसुवा - पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्डअन्तर्गत नागुर्दुन क्षेत्रमा पहिरोले सडक बगाएपछि यात्रुहरु जाेखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। अविरल वर्षासँगैको बाढीले बुधबार साँझ जिल्लाको कालिका गाउँपालिका–१, नागुर्दुन क्षेत्रमा पहिरोले सडक बगाएपछि सवारी आवतजावत ठप्प भएको छ।

यसअघि पहिरोले आधा सडक लगेको थियो। त्यसको मर्मत गरेर पुनः सवारी सञ्चालनमा ल्याइएको थियो। सडकको पूरै भाग बगेपछि एनसेलले बिछ्याएको फाइबरमा टेकेर पैदलयात्रीले यात्रा गरिरहेका वडाध्यक्ष मालफुर्पा तामाङले बताए। उनका अनुसार सडक खुल्न केही दिन लाग्ने अनुमान छ। भन्सारबाट छुटेका गाडीहरू बीच बाटोमै रोकिएका छन्।

प्रकाशित: २६ भाद्र २०७६ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App