४ वैशाख २०८१ मंगलबार
समाज

झोलुगें पुलले टर्‍याे जोखिम यात्रा

कुुसुम्बाघाट(बर्दिया) - सानो डुंगा घण्टाैँ कुर्न पर्ने बाध्यता। ढिलपिल गर्दे नदी वार पार गर्दा बबई  नदीको भेलले बगाउँला भन्ने उत्तिकै त्रास। ०७१ साल साउन अन्तिम सातमा बबईमा आएको बाढीले उद्घाटन नहुँदै कसुम्बा घाटको पुल बगाएपछि सर्वसाधरणको वर्षौदेखिको जोखिम यात्रा पाँच वर्ष लम्बियो। अहिले अवस्था फेरिएको छ।

नयाँ झोलुगें निर्माण सम्पन्नपछि पुरानो अवस्था फेरिएको हो। पुल निर्माण पछि त्यस क्षेत्रका सर्वसाधरणमा  नयाँ आशा र उमंग  पलाएको छ। सर्वसाधारण छिनछिन मै आवागमन गर्नका लागि आधुनिक पुल भरपर्दो माध्यम बनेको छ। बाढीले आखाअघि नै नव निर्मित पुल बगाएपछि पुलबाट हिँड्ने सपना साकार नहुने कि भन्दै अलमलमा रहेका स्थानीय यतिबेला खुसी भएका छन्।

पुरानै  ठाउँमा ५ वर्ष भित्रमा भर्खर निर्माण सम्पन्न भएको आधुनिक झोलुगें पुलले सर्वसाधारणको जोखिम यात्रा टरेको छ। उक्त पुल निर्माण पछि तीन लाख सर्वसाधारणमा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

झोलुगें पुल निर्माणसँगै यस क्षेत्रको समृद्धिमा टेवा पुग्ने मधुवन नगरपालिकाका नगर प्रमुख गणेश क्षेत्रीले बताए। ‘मधुवन र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणले
सर्वसाधारणको सपना साकार भएको छ,’उनले भने,‘वर्षौदेखिको जोखिम यात्रा गर्ने सर्वसाधारण पुल  निर्माणपछि जोखिम यात्रा टरेको छ।’  सदरमुकामको काम काज सकेर झोेलेगेंपुल हुँदै सर्वसाधारणबाट सजिलै घर पुग्न सक्ने भएको उनले सुनाए।

नवनिर्मित आधुनिक पुलले दोधरा चाँदनी पुलको झझल्को मेटिने स्थानीय तिर्थ रिजालले वताए। ‘यो पुलमा पुग्ने जो कोहिको मन प्रफुलित हुन्छ’उनले भने,‘नदी तटिय क्षेत्रमा निर्माण भएको पुल पाहुनाको लागि आर्कषक गन्तव्य बनेको छ।’

दैनिक युवायुवतीको पुल हेर्न घुइँचो लाग्ने गरेको छ। उक्त पुलबाट देखिने नदी तटिय दृश्य हेर्न पर्यटक लालाहित हुने गरेको उनले बताए। उक्त पुलको लम्बाई पाँच सय मिटर सय रहेको छ। थानी निर्माण कम्पनीले  चार करोड ४१ लाख लागतमा निर्माण सम्पन्न गरेको पुल जिल्लाको नमुना र आधुनिक पुल भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए।‘ निगरानीको निरन्तरता र खबरदारीले निर्माण सम्पन्न भएको  पुलले सर्वसाधरणको मुहारमा खुसी ल्याएको छ,’उनले भने।  उनका अनुसार २०७६ साल असार मसान्तसम्म म्याद भएको पुल समयमै निर्माण सम्पन्न भएको हो।

बिहान १० बजे बाट पालो कुर्दा तीन बजे पालो आएर नदि तरेको स्मरण अझै ताजा रहेको कुसुम्बाघाटमा भेटिएका बनियाभारका राम प्रसाद चौधरीले सुनाए। ‘देशमा धेरै ठूलो विकास भएको जस्तो लागिरहेको छ,’उनले आश्चर्य मान्दै भने‘ सबैको ईच्छा शक्ति भए निर्माण बेलैमा सम्पन्न हुने रहेछ जस्तो लाग्यो।’

जिल्लाको साबिकका सबै गाविससँग जोड्ने पुल बगाएपनि यसको विकल्प खोज्नको लागि कतै तिर बाट पहल हुन सकेको थिएनन्। निर्माण प्रक्रियामा बन्ने हो वा होईन भन्नेमा स्थानीय विश्वस्त थिएनन्। बाढीले बगाएको जिल्लाको लामो पुलमा गनिएको झोलेगें पुल ०७१ साल साउन पहिलो सातादेखि संचालनमा आएको थियो।तर,एक महिना नबित्दै साउन अन्तिममा बबईको बाढीले झोलेगें पुल बगाउँदा स्थानीयको दुःख पुन दोहारिएको थियो।

बाढीले बगाएको पुलको केही भाग अर्को किनारमा छ भने केहि बालुवाले पुरिएको अझै देख्न सकिन्छ। बनियाभार,पदनाहा,सानोश्री,ताराताल,लायतका गाबिसका मानिसलाई सदरमुकाम आउँ जाउँ गर्ने भरपर्दो माध्यम यो निर्माण भएको नयाँ पुल बनेको छ।

‘सस्पेन्स डिभिजनको स्टिमेटमा तयारी हालतमा पुगेको पुल ०७१ मा बबईमा आएको बाढी बगाएको थियोे’प्रजिअ कुरुम्बाङले भने,‘  पुलमा हिँड्ने गाउँलेको सपना नै बाढीले बगाएर लगेको थियो  , पुल निर्माण पछि सर्बसाधरण सपना साकार भएको मैले अनुभुति गरेको छु।’ बबईमा आएको बाढीले ३४ जना ज्यान गएको थियो। एक लाख सर्बसाधरण घरबिहिन भएको रेकर्डमा छ। बबई बाढीले भत्काएका भौतिक  संरचना अझै पनि निर्माणधिन अबस्थामा  छन्।

प्रकाशित: २५ भाद्र २०७६ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App