८ वैशाख २०८१ शनिबार
समाज

रिभल्वरसहित मानिस पक्राउ

लहान- सिरहा प्रहरीले बिष्णुपुर गाउँपालिका -४ थलहाबाट रिभल्वरसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने ३० वर्षिय कृष्ण यादव रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

मंगलबार दिउँसो कृष्णले घरयासी बिवादमा आफ्नै आमालाई कुटपिट गरी घरको सामान फाली दिएको जानकारी पाएर पुगेको प्रहरीले घटनास्थलबाट एक थान रिभल्वर (सिक्सर) फेला परेका थिए। रिभल्वर फालेर भागेका यादवलाई बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर बाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७६ १५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App