६ वैशाख २०८१ बिहीबार
समाज

सुदूरपश्चिम प्रदेशमा २७ जनामा डेँगीको सङ्क्रमण

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा डेंगीको सङ्क्रमण बढ्दै गइरहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार दिउँसोसम्म प्राप्त विवरणमा यहाँ २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोे छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले सुदूरपश्चिमका पाँच जिल्लामा यो बर्ष डेंगीको संक्रमण देखिएको बताए। उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी कैलाली जिल्लामा १४ जनामा डेंगीको सङ्क्रमण देखिएको छ।     

त्यसैगरी कञ्चनपुरमा छ, दार्चुलामा पाँच र डोटी तथा अछाममा १/१ जनामा डेंगीको सङ्क्रमण देखिएको उनको भनाइ थियो। “गत वर्ष यहाँ १२ जनामा डेंगीको सङ्क्रमण देखिएको थियो।” डा. अवस्थीले भने,“यो वर्ष एक महीनामै धेरैमा यो रोग देखिएको छ।” स्वास्थ्य निर्देशनालयका अनुसार डेंगी नियन्त्रणका लागि स्थानीय तहलाई रकम र कामको जिम्मेवारी दिइएको छ।     

सङ्घीय सरकार र प्रदेश सरकारले डेंगी नियन्त्रणका लागि बजेटसमेत विनियोजन गरेको छ। जिल्ला अस्पताललाई डेंगीको प्रारम्भिक जाँच गर्न ‘टेष्ट किट’ का लागि प्रदेश सरकारले रकम उपलब्ध गराएको निर्देशक डा. अवस्थीले जानकारी दिए।

“एडिज नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको नियन्त्रण र उपचारका लागि कही पनि औषधि र किटको अभाव छैन।” उनले भने,“प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत सबैतिर अख्तियारी दिइएको छ।”    

त्यसैगरी कैलाली र कञ्चनपुरका केही स्थानीय तहले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानसमेत स्थानीयस्तरमा सञ्जाल गरेको निर्देशनालय जनाएको छ। यता महाकाली अञ्चल अस्पतालले भने डेंगी जाँचका लागि ‘टेष्ट किट’ को अभाव रहेको जनाएको छ।

स्वास्थ्य निर्देशक डा. अवस्थीले भने महाकाली उक्त अस्पतालका लागि औषधि लगायतका सामग्री खरीदका लागि प्रदेश सामाजिक विकास मन्त्रालयबाट अख्तियारी दिइसकेको बताए।     

“अस्पताललाई किट खरीदका अख्तियारी मन्त्रालय गइसकेको छ।” उनले भने,“महाकाली अञ्चल अस्पताललाई चिकित्सक राख्न विज्ञापन पनि खुलाइएको छ।”रासस

प्रकाशित: २४ भाद्र २०७६ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App