२५ श्रावण २०७७ आइतबार
समाज

नेपाल विदेशी अपराधीको क्रिडास्थल बन्दैन : आइजीपी खनाल (भिडियो)

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताए।

प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नराख्दा हुने चेतावनी समेत उनले दिए। उनले विदेशी अपराधिहरु कानुनी दायरामा आउन मात्रै नेपाल आए हुने पनि स्पष्ट पारे। उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधिहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतका कार्वाहीको दायरामा ल्याउने प्रहरी महानिरीक्षक खनालको भनाई छ।

मंगलबार नेपाल पुलिस क्लव परिसरमा एक भवनको शिलान्यास गर्दै उनले नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि उर्जाका साथ काम गरिरहेको दावी पनि गरे।

प्रहरी महानिरीक्षक खनालले अपराध गरेपछि नेपालमा उन्मुक्ति पाईन्छ भन्ने गलत सोच नराख्न पनि आग्रह गरे। उनले साईबर क्राईम नियन्त्रणको कामलाई पनि नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि स्मरण गराए।

प्रकाशित: २४ भाद्र २०७६ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App