१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लागेर महिलाको मृत्यु

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सरस्वती स्थान बस्ने एक महिलाको सोमबार करेन्ट लागेर मृत्यु भएको छ। अन्दाजी वर्ष ४६ की नन्दकुमारी तिमल्सिना आफ्नै गाईगोठमा गाईलाई घाँस दिने क्रममा भुईमा लत्रिएको बिजुलीको तारमा अचानक करेन्ट सर्ट भई मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

घटनाबारे जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई शवको जाँच मुचुल्का पश्चात पोष्टमार्टमका लागी भक्तपुर अस्पताल लगिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: २३ भाद्र २०७६ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App