coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पानीमा डुबेर दुई बालकको मृत्यु

महोत्तरी- अभिभावकको बेवास्ताले महोत्तरीमा पानीमा डुबेर आज दुई बालकको मृत्यु भएको छ।

घरबाट निस्केका आफ्ना छोराछोरीको अभिभावकले राम्रोसँग हेरविचार नगर्दा पोखरीमा डुबेर ती दुई बालकको मृत्यु भएको हो।     

जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवाराका १२ वर्षीय रोहित साह र बलवा नगरपालिका–७ का चार वर्षीय रुपेश महराको आफ्नै बस्तीको पोखरीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

पोखरीमा नुहाउने क्रममा अचानक चिप्लिएर गहिरो ठाउँमा पुग्दा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।     

महोत्तरीको गौशाला नगरपालिकाको रजखोर बस्तीमा गत शुक्रबार दुई वर्षीया बालिकाको घरमै तसलामा राखिएको पानीमा डुबेर मृत्यु भएको थियो।

गत आर्थिक वर्षमा १२ वर्षमुनिका १८ बालबालिकाको पानीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।रासस
 

प्रकाशित: २३ भाद्र २०७६ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App