२३ असार २०७७ मंगलबार
समाज

विमानस्थलबाट सुनसहित तीन पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले एक किलो चार सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई आज बिहान पक्राउ गरेको हो।     

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले विमानस्थलको आगमन कक्षबाट कतारबाट आएका गुरुङलाई एक किलो चार सय ग्राम सुनसहित बिहान पक्राउ गरिएको जानकारी दिए।     

गुरुङ हिमालय एयरलाइन्सको उडान नं एच ९५६४ मार्फत नेपाल आएका थिए। प्रहरीले गुरुङलाई विमानस्थलमा लिन पुगेका अन्य दुई जनालाईसमेत पक्राउ गरेको छ। पछि पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन।

घटनाबारे आवश्यक अनुुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस     

 

प्रकाशित: २३ भाद्र २०७६ १८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App