coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंमा विद्युतीय बस संचालन, भाडामा २० प्रतिशत छुट

काठमाडौं- काठमाडौंमा दुई विद्युतीय बस सेवा संचालनमा आएको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय परिसरबाट सो सेवाको शुभारम्भ गरे।

सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पटक भित्र्याएको सो विद्युतीय बस काठमाडौंको चक्रपथमा संचालन हुने रुट परमिट लिइएको छ। पहिलो चरणमा दुई वटा वसबाट सेवा सुरु गरिएको छ। एयरपोर्टलाई गन्तव्य बनाएर आन्तरिक र पहिले ट्रली बस संचालन भएको भक्तपुरको सूर्यविनायकसम्म पनि सो बस संचालनमा ल्याउनका लागि सरकारसँग रुट परमिटको लागि निवेदन दिइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

सो बसको भाडा अन्य सवारी साधनको भन्दा २० प्रतिशत कम निर्धारण गरिएको छ। अध्यक्ष थापाले सरकारले सार्वजनिक यातायातलाई तोकेको भाँडामा भन्दा २० प्रतिशत कम हुने गरी विद्युतीय बसको भाडादर तोकिएको पनि बताए। काठमाडौंमा हुने वायू र ध्वानी दुवै प्रदुषणलाई कम गर्ने उद्देश्यका साथ सो यातायात सेवा पनि संचालनमा ल्याइएको हो।

सुन्दर यातायातले थप ११ वटा सो बस चीनबाट झिकाउने योजना पनि बनाएको छ। अध्यक्ष थापाले प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि सो बस संचालनका लागि समझदारी गरिएको पनि बताए। काठमाडौंमा केही दिन भित्र थप २ वटा बस पनि संचालनमा ल्याउने तयारी गरिएको छ।

 

प्रकाशित: २३ भाद्र २०७६ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App