६ वैशाख २०८१ बिहीबार
समाज

दोेहोरो नागरिकता लिने एक जना पक्राउ

पत्रकार सम्मेलनमा कागज पढदै गरेको मान्छे। (करणसिंह बस्नेत)

दमक - दमक औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव करणसिंह बस्नेतले दोहोरो नागरिकता लिएको पाइएको छ। उनलाई दोहोरो नागरिकता लिएकोे अभियोगमा प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। बस्नेतले २०५० साल मंसीर २५ गते हेमचन्द्र नाम्सु नाममा नागरिकता लिएका थिए। दमक १ ठेगाना राखी २०३२ फागुन २० गते जन्ममिति राखेर उनले जिल्ला प्रशासन कार्यालय, झापाबाट १३११२३ नम्बरको नागरिकता लिएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले त्यसपछी २०६८ साल कार्तिक २० गते करणसिंह बस्नेतको नाममा नागरिकता लिएको खुलेको बताए। उनका अनुसार ०१४१०१४÷१९३६ नम्बरको नागरिकता गरामनी ९ ठेगाना राखी निकालेका थिए। पछिल्लो नागरिकतामा उनको जन्ममिति २०३८ बैशाख १ गते उल्लेख छ। उनले बास्तविक परिचय ढाटेर करणसिंह बस्नेतको नाममा नागरिकता लिएका थिए।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाका अनुसार बिभिन्न ठाउँमा परिचय ढाटेर ठगी गरेको आरोप समेत उनीमाथि लागेको छ। उनका नाममा  मोहनकुमार खड्काले चेक बाउन्सको उजुरी दिएपछि सिआइबीको टोलीले दमकबाट जेठ ७ गते पक्राउ गरको थियो। उनले बिभिन्न स्थानमा बेग्लाबेग्लै परिचय दिने गरेका थिए। स्थान अनुसार परिचय फेर्ने र ठगी गर्ने गरेको पाइयो, सुब्बाले भने, उनले यो अवधिमा बिभिन्न ब्यक्तिलाई ठगी गरेको देखिएको छ।

उनका अनुसार उनीबिरुद्ध दोहोरो नागरिकताको मुद्दा दायर भएको छ। अब अन्तिम फैसला मात्रै बाकीँ रहेको छ। प्रहरीको उच्च स्रोतका अनुसार आरोपी बस्नेतलाई पक्राउ गर्न गएको प्रहरीलाई उनले अर्के नाम भएको नागरिकता देखाएका थिए।

बस्नेतले दमकमा चिनियाँ लगानीमा निर्माण हुने औद्योगिक क्षेत्रको मुआब्जा कम भएको भनेर आन्दोलनको नेतृत्व गरेका थिए। उनले त्यहीँ विषयमा पत्रकार सम्मेलन गरिरहदा पत्रकार मन्च दमकको कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

दमकसहित कमल गाउँपालिका र गौरादह नगरपालिकामा बन्ने औद्योगिक पार्कको मुआब्जा कम भएको विरोध गर्दै उनी सचिव रहेको संघर्ष समिति बनेको थियो। बस्नेत पक्राउ परेसँगै आन्दोलन समेत तुहिएको थियो।

प्रकाशित: २१ भाद्र २०७६ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App