coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पर्यटन वर्ष २०२०ः रोड कनेक्टिभिटी मुख्य समस्या

काठमाडौं– पर्यटन वर्ष २०२० मा रोड कनेक्टिभिटी मुख्य समस्या बन्ने भएको छ। शुक्रबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन वर्षमा कनेक्टिभिटी र सुरक्षा चुनौती रहेको बताए।

नेपालमा आउन चाहने विदेशी पर्यटकले रोड सुरक्षा र हवाइ सुरक्षाबारे धेरै चासो राख्ने गरेको बताए। अहिले पनि प्रमुख पर्यटक गन्तव्यसम्मको पहुच सडक नसुधारिएको प्रमुख कार्यकरी अधिकृत जोशीले पर्यटन वर्ष २०२० सफलतापुर्वक मनाउन सडकको अवस्था र सुरक्षा चुनौती रहेको बताए।

समितिमा सांसदहरुले काठमाडौँको सडकको दुरावस्थाले २० लाख पर्यटक कसरी तान्न सकिन्छ भनेर प्रश्न गर्नु भयो। शुक्रबार समितिले  पर्यटक गन्तब्य सम्म पुग्ने सडकहरुको अवस्था बारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात र पर्यटन मन्त्रालयका सचिवलाई छलफलको लागि बोलाएको थियो।

छलफलमा सांसद इन्दु शर्माले चाबहिल जोरपाटी सडकखण्डको उदाहरण दिँदै देशको राजधानीभित्रको सडकको अवस्था यस्तो छ भने काठमाडौं बाहिरको अवस्था के होला भन्दै प्रश्न गरे। अर्का सांसद बहादुरसिंह लामाले पर्यटक गन्तब्यसम्म कस्ताकस्ता पूर्वाधार छन् कसरी काम भएको सम्म जानकारी नभएको अवस्थामा पर्यटन वर्ष २०२० सफलतापुर्वक कसरी मनाउन सकिएला भनेर प्रश्न गरे।

सांसदहरुको प्रश्न सुनी सके पछि  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले समितिमा सांसदहरुले प्रश्न गरे जस्तो सडकको अवस्था कमजोर नभएको बताए। काठमाडौँ भित्र केहि सडकमा समस्या भए पनि काठमाडौँ बाहिर समस्या नभएको बताए।

सांसदहरुले समितिमा लमजुङ्ग बेसीशहर चामे सडक,बेनी मुस्तांग सडक, सुर्खेत अछाम रामारोशन सडक, कर्णाली राजमार्ग, कोदारी राजमागर्, रसुवा स्याफ्रु सडक लगायतको सडकको अवस्था यातायात सञ्चालन गर्न नसकिने भएको गुनासो गरेका थिए।

प्रकाशित: २० भाद्र २०७६ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App