७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीय र जनप्रतिनिधिद्वारा सडक सरसफाइ

सोलुखुम्बु – समुदाय विकासका काममा श्रमदान पातलिँदै आए पनि सोलुुखुम्बु लोखिमका जनप्रतिनिधि र स्थानीय भने सडक मर्मत तथा सरसफाइमा व्यस्त देखिएका छन्।

थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका जनप्रतिनिधि र स्थानीयले चाडपर्व नजिकिँदै गर्दा बर्खामा अवरुद्ध तथा भलबाढीले खोलेका सडक तथा गोरेटो बाटोको मर्मत तथा सरसफाइ थालेका हुन्।

भदौ ५ गते बसेको वडाको बैठकले गरेको निर्णयअनुसार जनप्रतिनिधि र स्थानीय सडक मर्मत तथा सरसफाइमा श्रमदान गरिरहेका छन्। वडालाई उदाहरणीय बनाउने धेयका साथ गोरेटो बाटोवरिपरिका बुट्यान हटाउन र सडक सफा गर्न स्थानीय उत्साहित देखिएका छन्।

प्रकाशित: १८ भाद्र २०७६ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App