१६ चैत्र २०८० शुक्रबार
समाज

डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

चितवन- डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ।     

जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो। रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिए।     

दुवै रोगको सङ्क्रमण बढ्दो छ। जिल्लाका अस्पतालमा साउनयता एक हजार नौं सय आँठ जनाको डेङ्गु परीक्षण गर्दा ६ सय २३ जनामा सङ्क्रमण देखिएको केसीले बताए। जसमध्ये ४ सय ५५ जना चितवनका रहेका छन्। यसमध्ये पनि ४ सय १४ जना भरतपुर महानगरपालिकाका रहेको उनको भनाइ थियो।     

महानगरमा सङ्क्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ। जसअन्तर्गत गत शनिबार सचेतना र्‍य  र्‍याली निकालिएको थियो। दैनिक माइकिङ गर्ने, लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरले जनाएको छ।

केसीका अनुसार स्क्रबटाइफसका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ। सङ्क्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन्।रासस

प्रकाशित: १७ भाद्र २०७६ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App