८ वैशाख २०८१ शनिबार
समाज

कुष्ठ रोगीलाई साइकल

महोत्तरी– मटिहानी नगरपालिकाले नगर क्षेत्रभित्र बसेबास गर्ने २२ जना कुष्ठ रोगबाट पीडितलाई साइकल वितरण गरेका छ।

हिलडुल गर्न समस्या भएको कुष्ठरोगीलाई सहज रूपपमा दैनिकी कामकाज गर्न सहयोग पुग्ने उद्देश्यले मटिहानी नगरपालिकाभित्र मटिहानी, मझैरा विसनपुर, धरापुर र सिमरदहीमा बसोबास गर्ने २२ जना कुष्ठ रोगबाट प्रभावितलाई साइकल वितरण गरिएको हो।

सो साइकल मटिहानीमा एक समारोहबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वितरण गरेका छन्। 

साइकल वितरण कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष गणेश प्रसाद, मटिहानी नगरपालिकाका प्रमुख चन्द्रशेखर शर्मा,स्वास्थ्य संयोजक बालबोध राय, शिक्षक ईश्वरी पौडेल तथा मटिहानी नगरपालिकाको कर्मचारीहरू उपस्थित थिए।

साइकल पाएपछि आफूहरूलाइ दैनिक कामकाजमा ठूलो सहयोग पुग्ने कुष्ठ रोगबाट प्रभावित वपत खत्वेले बताए। 

प्रकाशित: १६ भाद्र २०७६ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App