५ वैशाख २०८१ बुधबार
समाज

जाजरकोटको पहिरो, जसमा एकै परिवारका तीनले ज्यान गुमाए (तस्बिर सहित)

जाजरकोट– भेरी नगरपलिका २ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पहिरोमा परी ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला ओली र ३ वर्षीया छोरी धनसराको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। 

राती सुतिरहेको अबस्थामा १२ बजेतिर पहिरोले घर भत्किएको उनले बताए। सोही स्थानमा अर्को घर भत्किँदा स्थानीय दलबहादुर ओली सामन्य घाइते भएको प्रहरीले जनाएको छ। पहिरोले घर पुरिएर मृत्यु भएकालाई स्थानीय र प्रहरीले बाहिर निकाल्ने काम गरिरहेको र अन्य अबस्था र उद्धारको कार्यका लागि जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ गैसकेको प्रहरी प्रमुख खत्रीले बताए। घटनास्थल सदरमुकाम खलंगादेखि ३ घन्टाको पैदल दुरीमा रहेको छ। पहिरोको अन्य क्षतिबारे थप जानकारी आइसकेको छैन।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App