coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाँदर धपाउन १० लाख

बैतडी– बाँदरले आतंक मच्चाएपछि दशरथचन्द नगरपालिका ५ ले बाँदर धपाउन १० लाख रुपैयाँ छुट्याएको छ। ७ वर्षयता सदरमुकाम आसपासमा बाँदरले बालीनाली, घरभित्रको अन्न, सागपात, फलफूल खानदेखि स्थानीयलाई आक्रमण गर्न थालेपछि वडाले यो आर्थिक वर्ष बजेट छुट्याएर बाँदर नियन्त्रण गर्ने बताइएको छ। गत वर्ष पनि बाँदर नियन्त्रणको लागि विशेषज्ञको टोली ल्याएर मानव र बाँदरबीचको द्वन्द्व न्यूनीकरण सम्बन्धी अन्तरक्रिया गरेको गर्नुका साथै स्थानीय मिलेर बाँदर धपाउने प्रयास गरेका थिए। 

बाँदरकै कारण स्थानीयले अन्न लगाउन पाएका छैनन्। अन्न फलफूल मात्रै होइन, महिला र बालबालिकामाथि आक्रमण गर्न थालेपछि स्थानीय आतंकित बनेका छन्। बाँदर लगायतका जंगली जनावर व्यवस्थापनको लागि व्यवस्थापनको लागि धेरै प्रयास गरिए पनि सफल हुन नसकेको वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए। घरभित्र समेत पसेर पकाएको खाना तथा थन्काएर राखेको अन्न तथा अन्य खाद्यान्न समेत बाँदरले खाने गरेको स्थानीय बताउँछन्। गत साउनमा ३ जनालाई बाँदरले टोकेको वडाध्यक्ष भट्टले बताए। विनियोजित बजेटले बाँदर नियन्त्रण कसरी गर्ने भन्ने टुंगो भने लाग्न बाँकी रहेको वडा कार्यालयले जनाएको छ। जंगली जनावर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, दशरथचन्द नगरपालिकाले केही दिनभित्रै ठोस निर्णय गर्ने बताइएको छ।

बाँदरको आतंकका कारण स्थानीयले खेती गर्न छोडेका छन्। चार–पाँच सयको संख्यामा रहेका बाँदरको समूहले आतंक मच्चाएको स्थानीयले गुनासो गरे। गत वर्षको फागुनमा पनि दशरथचन्द नगरपालिकाका मेयरसहित नगरबासीले बाँदर लखेट्ने अभियान सञ्चालन गरेका थिए। तर, बाँदर आतंक कम हुनुका सट्टा झन बढ्न थालेपछि स्थानीय झन् समस्यामा परेका थिए। बाँदर आतंकले दशरथचन्द नगरपालिका ४, ५, ६ र ८ वडा बढी प्रभावित छन्। जिल्लाका अन्य क्षेत्रमा पनि बाँदरले दुःख दिने गरेको छ।

बाँदरकै आतंकले खेतीपाति र फलपूmल उत्पादन गर्न छोडेका यहाँका स्थानीय पछिल्लो समय घरभित्रको समानसमेत खोसिँदा चिन्तित छन्। बाँदरको आक्रमणबाट घाइते हुनेलाई समेत वन निर्देशिकामा क्षतिपूर्ति दिने व्यवस्था छैन। महिला र बालबालिकाले एक्लै हिड्ने वातावरण समेत नभएको यस क्षेत्रका बाँदरपीडितको गुनासो छ।

प्रकाशित: १५ भाद्र २०७६ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App