४ वैशाख २०८१ मंगलबार
समाज

लागुऔषधसहित तीन जना पक्राउ

कास्की - पोखरामा शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान बस्ने २२ वर्षीया आशा गुरुङ रहेको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ।

पोखराको मेन्द्रपुल नजिक आज ग१च ४८६५ नंको कारलाई शङ्का लागि खानतलासी गर्दा उक्त कारमा चालकको साथमा रहेको कालो झोलाभित्र लागुऔषध नाइट्रोभ्याट–१० लेखिएको १२० चक्की र ९६ हजार ४५० रूपैयाँ बरामद गरिएको बताइएको छ।  यस विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १५ भाद्र २०७६ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App