coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरमा पनि देखियो डेंगु

भक्तपुर - भक्तपुरमा पनि डेंगु रोगका संक्रमण भेटिएको छ।  भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म दश जनामा डेंगुको संक्रमण देखिएको हो।  भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविभूषण सुवालले अस्पतालका एक कर्मचारीसहित १० जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिए।  उनका अनुसार अस्पतालमा डेंगुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।  संक्रमितमध्ये दुईजनाको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ।  बाँकीको भने टेकु अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

यसैबीच नेपाल स्काउट भक्तपुरले शनिबार भक्तपुरमा डेंगु रोगविरुद्ध जनचेतनामूलक -याली गरेको छ।  स्थानीय तदर्थ परिषद् भक्तपुर नगरपालिका भक्तपुरको सहयोगमा -याली गरेको हो।   -याली दतात्रयबाट सुरु भएको थियो।  यालीले भक्तपुर नगर परिक्रमा गरेको थियो।  नगर परिक्रमा गरी याली जिल्ला स्काउटको कार्यालय दरवार क्षेत्रमा पुगेर टुंगिएको थियो।  -याली दतात्रयबाट इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, बंशगोपाल, भार्वाचो, खौमा, दरवारक्षेत्र हुँंदै जिल्ला स्काउट कार्यालय पुगेको थियो। 

-यालीमा सहभागी विद्यार्थीले डेंगु रोगविरुद्ध विभिन्न जनचेतनामूलक प्ले कार्ड बोकेका थिए।  साथै उनीहरुले विभिन्न पर्चाहरु पनि वितरण गरेका थिए।  यालीमा विभिन्न स्कुलका सयौं स्काउटहरु सहभागी रहेका थिए। समापन कार्यक्रममा नेपाल स्काउट भक्तपुरका आयुक्त रामगोपाल कर्माचार्यले डेंगु रोगविरुद्ध जनचेतना फैलाउन -याली गरेको जनाए।

भक्तपुरमा पनि डेंगु रोग देखिएको चर्चा गर्दै उनले स्काउटरहरुकोतर्फबाट जनचेतनामूलक कार्यक्रम गरेको जनाए।  उनले भविष्यमा रोभररेन्जरहरुलाई यसबारे सचेत पारी भक्तपुरका घरघरमा पुगेर सचेतना जगाउने योजना रहेको सुनाए।  कार्यक्रममा भक्तपुर स्काउटका पूर्व आयुक्त भक्त राजभण्डारीले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु भने जस्तै यसबारे समयमै सचेत हुनुपर्ने आवश्यकता औंल्याए। 

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुटेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो।  एक्कासी उच्च ज्वरो आउनु यसको मुख्य लक्षण हो।  यसका साथै आँंखाको गेडा तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकटी दुख्ने, शरीरमा विभिन्न विमिरा आउने र रक्तश्राप हुनेलगायतका यसका लक्षणहरु हुन्।

प्रकाशित: १४ भाद्र २०७६ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App