coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बारा र पर्साका चक्रपात पीडितलाई नयाँ घर हस्तान्तरण गरिदै

बारा–हावाहुरी, असिनापानीसहितको चक्रपातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि नेपाली सेनाले निर्माण गरिएका घर यसै साता हस्तान्तरण गरिने भएको छ ।

कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखलले आवास निर्माण गरिएको क्षेत्रमा आयोजित समारोहमा आगामी बुधबार स्थानीयवासीलाई नवनिर्मित भवन हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।गत चैत १७ गते साँझ आएको उक्त चक्रपातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौ मूल्य बराबरको धनजनको क्षति भएको हो। सरकारले नेपाली सेनालाई क्षतिग्रस्त घरको पुनःनिर्माण गर्न चैत २१ गते जिम्मा दिएको हो।

नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माण कार्य पूरा गरेको छ। बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले ८ सय ६९ घर निर्माण गरेका हुन्।

मूल्य अभिवृद्धिकरसहित प्रतिघर ५ लाख ४६ हजार ९ सय ८५ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले  ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको हो। उक्त आवास निर्माण कार्यमा दुई हजार ६ सय ६५ सैनिक र तीन हजार ६ सय ७७ गैर सैनिक परिचालन भएका थिए।

उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण  र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुवानका कारण केही दिन निर्माण कार्य स्थगित गर्नुपरेको हो।रासस

प्रकाशित: १४ भाद्र २०७६ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App