६ वैशाख २०८१ बिहीबार
समाज

बिमा नहुँदा चौरी पालक किसान मर्कामा

धादिङ र रसुवाको सिमा क्षेत्रका किसानहरुले पालेको चौँरी।  तस्बिर: सरिता/नागरिक

सोमदाङ (धादिङ) - जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिकाका किसानहरु चौरीपालन व्यवसायमा आत्मनिर्भर छन्। चौरी पालेर पुस्तौदेखिको व्यवसाय धान्दै आइरहेका किसानहरु चौरीको बिमा नहुदाँ भने समस्यामा परेका छन्।

आम्दानी राम्रै हुने भएपनि बेलाबखतमा चौरी नै मरिदिँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको तिप्लिङका किसान सिंहा थापा तामाङले बताए। ‘बाउबाजेको पालादेखि नै हाम्रो मुख्य व्यवसाय भनेको चौरी पालन हो’, उनले भने, ‘रोग लाग्ने, भीरबाट लड्ने, मर्ने गर्नाले ठूलो क्षति व्यहोर्दै आइरहेका छौँ।’ 

रुविभ्याली गाउँपालिकास्थित तिप्लिङको पाङसाङ, बाबिल, धादिङ र रसुवाको सिमा क्षेत्र सोमदाङका खर्कहरुमा किसानहरुले लस्कर लगाएर चौरीलाई चराउन लैजाने गर्दछन्। सिंहाले पनि ३५ वटा चौरी पालेका छन्। चौरीको स्याहार गर्ने, दानापानी खुवाउने र चरन क्षेत्रसम्म पु¥याउदै हरेक दिनको दिनाचार्य  बिताउने गर्छन्।

हिमपात भएको बेला चरनमा लगिएको चौरी घर फर्कदा लडेर मर्ने गरेको उनले बताए। ‘चौरीले आम्दानी त दिएको छ कहिलेकाही ठूलो क्षति व्यहोर्नु परेको छ’ उनले भने, ‘चौंरी गोठमा पशु बीमाको कार्यक्रम नपुगेपछि लाखौंको क्षति व्यहोर्दै आइरहेका छौँ।’ 

गत फागुनमा परेको भिषण हिमपातले तिप्लिङ र सोमदाङमा मात्रै २३ वटा चौरी मरेका थिए। खाने आहार नपाएर दर्जनौं चौंरी गोठमै थिलथिलो परे भने हिमपातको बेला आवश्यक घा“सनै नभएपछि चौंरीपालक किसानहरुलाई गाउ“वस्तीबाट पिठो बोक्नको हैरानी समेत भयो। हिमपातले बाटोघाटो पुुरिएको बेला चौरीपालक किसानहरुलाई आफू जोगिन र चौरीलाई जोगाउन हम्मे पर्ने गर्दछ। एक्लै चर्न गएका चौरीहरु हिमपातमै पुरिएर धेरै समयपछि सिनोमात्रै फेला पर्ने गरेको छ। चौंरीपालक किसानहरुका लागि पशु बीमा कार्यक्रम नपुग्दा किसानहरुले लाखौँको क्षति व्यहोर्दै आइरहेको छ। 

एउटा चौँरीको मुल्य ५० हजारदेखि एक लाख रुपैँयासम्म पर्छ। तर त्यस्ता चौैँरीको सुरक्षाका लागि बिमा गर्ने चलन छैन। चाहेर पनि बिमा हुन सकिरहेको छैन। बिमा कम्पनीको सम्पर्कमा जाँदा भौगोलिक विकटता र छाडा छोडेका पशु बस्तुको बिमा गर्न नसकिने बताएको चौरीपालक किसान संघका अध्यक्ष दिनेश घलेले बताए। ‘विभिन्न प्रकोपले चौंरी मरेर लाखौंको क्षति व्यहोर्नभन्दा सबै चौंरी पशुबीमाको परिधिमा ल्याउन तयार छौं’ उनले भने, ‘बीमक कम्पनीहरु आउन आनाकानी गर्ने गरेपछि किसानहरु मर्कामा परेका छन्।’

चौरीपालेर यहाँका किसानहरुले ८० हजारदेखि एक लाख सम्मको आम्दानी गर्ने गर्छन्। चौरीको मृत्यु प्रमाणित गर्न कठिनाई भएको भन्दै बीमा कम्पनी आउन नमाउनेको घलेले बताए। हरेक वर्ष विभिन्न प्रकोपले चौरी मर्छन्, उनले भने, लाखौँको क्षति व्येहोर्नुभन्दा पशुबीमाको परिधिमा ल्याउन चयार छौँ। सिमाना जोडिएको रसुवा जिल्लाको आधिंकाश चौरीको बिमा भएपनि धादिङतर्फको कुनै पनि चौरीको बिमा छैन। बिमाका लागि किसानहरुले स्थानीय सरकारलाई पनि गुहारेका छन्। 

जिल्लाका उत्तरी भेकमा रहेको प्रमुख चौरीपालन पेशाप्रति आकर्षण वढाउन र चौंरीबाट आर्थिक आम्दानी गर्न चरन खर्कहरुको विकास कार्यक्रम लागु गरिएको छ। तत्कालिन जिल्ला पशु सेवा कार्यालय अन्तर्गत पशु आहार विकास कार्यक्रमले उत्तरी धादिङ तिप्लिङका परम्परागत चौंरी गोठालाहरुलाई गोठको सुधार, चरन र खर्क विकाससंगै चौंरीबाट लिन सकिने आम्दानीका श्रोत बारे तालिम समेत प्रदान गरिएको थियो । 

जिल्लामा करिब ५४ वटा गोठमा पाँच सय चौरी छन्। गोठैपिच्छे १८ देखि ३० वटासम्म चौरी छन्। यहाँ दुग्ध संस्थानको डेरीले दैनिक ६ सय लिटर दूध किन्ने गरेको छ। डेरीले त्यसबाट चिज, छुर्पी, नौनी उत्पादन गरि बिक्रिका लागि पठाउँछ। बिशेष गरेर चौँरीमा चरचरे, खोरेत, नाककानबाट रगत आउने लगायतका समस्या बेलाबेलामा आउने गरेका छन। जसले गर्दा रोग लागि चौरीको मृत्युु हुने गर्दछ। बिमा मात्रै नभएर त्यस क्षेत्रका चौँरीपालक कृषकलाई चरनको समेत समस्या छ।

प्रकाशित: १४ भाद्र २०७६ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App