१५ चैत्र २०८० बिहीबार
समाज

एक सय गाई नेपालगञ्ज फिर्ता पठाइयो

नेपालगन्ज फिर्ता लिन लागिएका गाईहरू

सुर्खेत–दैलेख लिने भन्दै ल्याएर वीरेन्द्रनगरमा छोडिएका एक सय चौपाया नेपालगञ्ज उपमहानगरपालिकाले फिर्ता लिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार राति एक सय वटा गाई उपमहानगरपालिकाले फिर्ता लिएको हो।

नेपालगञ्जको कान्जीहाउसबाट दैलेखको श्रीस्थान लिन लागिएका २ सय ९१ गाई विहीबार राति वीरेन्द्रनगरको कटकुवा र धुलियाविट जंगलमा छोडिएका थिए। कटकुवामा १६ र धुलियाविटमा आठ वटा गाईहरु मृत भेटिएका थिए। ती मध्ये नौ वटा गाईहरुलाई कटकुवा नजिकैको सेल्फीडाँडाको भिरबाट खसालिएको थिए।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले वीरेन्द्रनगरका बिभिन्न ठाउँमा छोडिएका मध्ये एक सय गाई शुक्रबार राति आठ वटा ट्रकमा नेपालगञ्ज उपमहानगरपालिकाले फिर्ता लिएको जानकारी दिए।

‘बाँकी चौपायाहरु पनि फिर्ता लिने प्रक्रिया सुरु भएको छ’ उनले भने, ‘जंगलमा छोडिएका चौपायाहरु प्रहरी र ट्राफिकले खोजेर पठाउने छ।’ प्रहरीले पाँच वटा ट्रक र तिनका चालकलाई शुक्रबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: १४ भाद्र २०७६ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App