२३ असार २०७७ मंगलबार
समाज

सारीको पिङमा अल्झेर बालकको मृत्यु

उदयपुर – एक बालकको पिङ खेल्ने बेला पासो परेर मृत्यु भएको छ। घरको दैलोमा केटाकेटी खेल्न लगाइएको सारीको पिङ खेल्दाखेल्दै अल्झिएर पासो परे भएपछि रौतामाई गाउँपालिका ८ पाँबुका १२ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

अभिभावक मेलापात गएका बेला एक्लै घरमा पिङ खेल्दै गरेका मगरको सारी अल्झेर घाँटीमा बेरिएपछि पासो लागेर मृत्यु भएको मृतकका बाबु टेकबहादुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताए। उनका अनुसार शुक्रबार मध्यान्हको घट्नाबारे दिउँसो खवर पाएलगत्तै इलाका प्रहरी कार्यालय रौतामाई भुटारको टोलीले घट्नास्थल गएको हो। 

टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का गरी फर्किसकेको छ। मृतकको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल गाईघाट ल्याइपु-याइएको छ भने घट्नाबारे बिस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०७६ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App