coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शिक्षकको माग गर्दै विद्यार्थीले फुटाए गाउँपालिका भवन र वडाध्यक्षको टाउको !

भैरहवा– रुपन्देहीको मर्चवारी गाउँपालिकामा विद्यार्थीहरुले तोडफोड गरेका छन्। मर्चवारी  गाउँपालिका वडा नं. ३ स्थित श्रीमती मनराजी देवी माविका विद्यार्थीहरुले शिक्षकाको माग गर्दै गाउँपालिका भवन तोडफोड गरेका हुन्।

विद्यार्थीले पटक पटक शिक्षक माग गरे पनि गाउँपालिकाले आलटाल गरेको भन्दै भएको आन्दोलन गरेका थिए। आन्दोलन र नारावाजी गर्दै ढुंगामुढा हुँदा मर्चवारीको दुइटै कार्यालयका झ्यालका सिसाहरु फुटेका छन् भने मर्चवारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुकेश यादवको टाउकोमा समेत चोट लागेको छ। विद्यार्थीले गाउँपालिकामाथि फाल्दै गरेको ढुङ्गा रोक्ने क्रममा वडा अध्यक्ष यादवको टाउकोमा चोट लागेको थियो। घटनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

विद्यालयमा रहेका शिक्षकहरुले केही अवकाश प्राप्त गरी, केही स्वतः अवकाश गरी, प्रदेश शिक्षकमा फेरबदल हुँदा ८ जना शिक्षकहरु विद्यालयबाट गइसकेकोले पढाईमा समस्या झेल्दै आएकोले विद्यार्थीहरु स्वतस्र्फुत रुपमा आन्दोलनमा उत्रेको विद्यालयका प्रधानाध्यापक राजदेव मुरावले बताए। विद्यालयले गाउँपालिकालाई शिक्षकका लागि पटक पटक अनुरोध गरेपनि गाउँपालिकाले शिक्षक भर्नाका लागि आलटाल गर्दै चासो नदिइएकोले विद्यार्थी उत्रेको मुरावले बताए। 

शिक्षक भर्नाको लागि विद्यालयले शिक्षक भर्ना आवश्यकता निकालेको १ वर्ष भइसकेको र अहिले पनि गाउँपालिकाले शिक्षक भर्नाको परीक्षा अनुमति नदिई नगराएकोले अन्दोलनको सृजना भएको विद्यालयले जनाएको छ। अन्दोलनपछि गाउँपालिकाले विद्यार्थी, शिक्षकसँग वार्ता गरी शिक्षक भर्ना परीक्षाको लागि तत्काल अनुमति दिने आश्वासन दिएको छ। 

मनराजी देवी माविको शैक्षिक गुणस्तर मर्चवारकै उत्कृष्ट रहे पनि विगत २ वर्षदेखि शिक्षकको अवस्था एकदमै न्यून रहेकोले शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा रहेकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश यादवले बताए। विद्यालयमा शिक्षक भर्ना गराउन गाउँपालिकामा पटक–पटक पत्राचार गरेपनि विद्यालय व्यवस्थापन समिति बैठक बसेकै बेला विद्यार्थीहरुले अन्दोलन गरेका थिए। 

मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेत बहादुर खत्रीले प्रदेश शिक्षक व्यवस्थापनमा पत्राचार गरी छिट्टै शिक्षकपूर्ति गर्न र शिक्षकभर्ना अनुमतिको कार्य पनि अन्तिम चरणमा रहेको बताए। 

गाउँपालिकाले शिक्षा र विकास नै प्राथमिकतामा राखी योजना बढाए पनि विद्यालयको समस्या हल गर्न विद्यालयमा पुगी बुझेको तर समायोजनको कारण यो समस्या झेल्नु परेको गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले बताए। 

प्रकाशित: १२ भाद्र २०७६ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App