७ वैशाख २०८१ शुक्रबार
समाज

‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’

अत्तरिया- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन्।     

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गाउँ/नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताए। केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने जानकारी गराए।     

गाउँ/नगर कमिटी एकीकरणपश्चात पार्टी सुदृढ हुने उनको भनाइ थियो। गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताए।

फरक प्रसङ्गमा कुरा गर्दै उनले टिकापुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको भएको टिप्पणी गरे।रासस

प्रकाशित: ११ भाद्र २०७६ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App