२५ असार २०७७ बिहीबार
समाज

अबैध रुपमा ल्याएको कपडा बरामद

विराटनगरमा बरामद भएको कपडा । तस्बिर/नागरिक

विराटनगर– अबैध रुपमा भारतबाट ल्याइएको कपडा मोरङ प्रहरीले पक्राउ गरेको छ। सोमबार राती विराटनगर–१२ बाट ठूलो परिमाणमा कपडा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रबक्ता राजकुमार खिउंजुका अनुसार भारतबाट भन्सार छली गरी अबैध रुपमा आयात गरिएको सर्ट १ सय ७३ पिस, लेडीज कुर्ता ३०, टप्स २१ पिस , सुरुवाल ५० सेट, कुर्ता सुरुवाल २० पीस बरामद भएको छ।

बेवारीसे अवस्थामा बरामद भएको करिब १ लाख १७ हजार ६ सय मूल्य बराबरको कपडा आन्तरिक राजस्व कार्यालय विराटनगर पठाइएको  खिउंजुले जानकारी दिए।

प्रकाशित: १० भाद्र २०७६ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App