coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फिदिममा ‘मैदारो’ बहस

पाँचथर - साहित्यकार भूपिनद्वारा लिखित उपन्यास मैदारोमाथि फिदिममा चर्चा भएको छ। पूर्व भ्रमणमा निस्किएका भूपिनको उपस्थितिमा पाँचथरका साहित्यकारहरुले कृतिको विभिन्न पक्षबारे बहस गरेका हुन्।

दलित समुदायको अवस्थाबारे लेखिएको उपन्यासबारे खुलेर बहस भएको थियो। वाग्लुङको औपन्यासिक कथा पूर्वी पहाडमा बहस भएको हो। समयचेतसँगै उत्कृष्ट सिर्जना भएको साहित्यकार धर्मेन्द्रविक्रम नेम्वाङले टिप्पणी गरेका थिए।

पुस्तकको चर्चामा सहित्यकार नेम्बाङसँगै प्रकाश थाम्सुहाङ र प्रेम ओझाले कृतिमाथि बहस गरेका थिए। कृतिमा दमित आवाजलाई उठाइएको उनीहरुको भनाइ छ। विभिन्न पक्षलाई समेटेर तयार भएको कृति सामाजिक रुपान्तरणको आन्दोलनमा एक महŒवपूर्ण पक्ष भएको साहित्यकारुले टिप्पणी गरेका थिए।

नौलो साहित्य बिहान पाँचथर र पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा सहभागीले लेखकसँग प्रश्नोत्तर गरेका थिए।
कार्यक्रममा बोल्दै लेखक भूपिनले कृति आइसकेकाले अबको विश्लेषण गर्ने जिम्मा पाठक तथा समालोचकको रहेको बताए। उनले आफूले यो उपन्यास लेख्नुको ध्येय र कथावस्तुबारे जानकारी गराएका थिए। कविता र निबन्धमा अब्बल देखिएका भूपिनको यो पहिलो उपन्यास हो।
 

प्रकाशित: १० भाद्र २०७६ ०६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App