१६ चैत्र २०८० शुक्रबार
समाज

त्रियुगाले बगाएर वृद्धको मृत्यु

उदयपुर – उदयपुरको त्रियुगा नदीमा डुबेर सोमबार एक वृद्धको मृत्यु भएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–९ का ६५ वर्षीय राजाराम विकको नदी तर्ने क्रममा त्रियुगामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आरनको काम गर्ने गरेका विक हँसिया बनाएर नजिकैको गाउँमा बेच्न गएर फर्कने क्रममा नदी तर्न नसकेर डुब्दा घटना भएको प्रहरीले जनाएको छ। डुबेर नदी किनारमा बेहोस अवस्थामा स्थानीयले देखेर इलाका प्रहरी कार्यालय बेल्टारलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको पाएपछि सर्जमिन मुचुल्का गरी पोेष्टमार्टम प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताएका छन्।

प्रकाशित: १० भाद्र २०७६ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App