१६ चैत्र २०८० शुक्रबार
समाज

सुविधा सम्पन्न सार्वजनिक शौचालयको उद्घाटन

ताप्लेजुङ - ताप्लेजुुङको फुङ्लिङ बजारस्थित तोक्मेहाट क्षेत्रमा बनेको सुविधा सम्पन्न सार्वजनिक शौचालयको सोमबार उद्घाटन गरिएको छ।  ताप्लेजुङ समाज हङ्कङको आर्थिक सहयोगमा निर्माण भएको सार्वजनिक शौचालयको नगरप्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

ताप्लेजुङ समाज हङ्कङले विभिन्न दाताहरुबाट संयोजन गरी २८ लाख १५ हजार ४०६ रुपैयाँको लागतमा निर्माण गरेको शौचालयमा महिला र पुरुषका लागि बेग्ला–बेग्लै हल बनेका छन्।  महिला र पुरुषका लागि नुहाउने धारासहित आधुनिक किसिमका सामग्री जडान गरी बनाइएको सार्वजनिक शौचालयलाई नगरपालिकाले विशेष व्यवस्था गरेर नियमित र दीर्घकालीन रुपमा सञ्चालन गर्ने उद्घाटन कार्यक्रमका अध्यक्ष तथा ताप्लेजुङ समाज हङकङका उपाध्यक्ष लोकेन्द्र आङ्बुहाङले बताए।

उनले नगरप्रमुख प्याकुरेललाई शौचालय सञ्चालन तथा व्यवस्थापनको आगामी जिम्मेवारी सुम्पँदै शौचालयको साँचोसमेत हस्तान्तरण गरेका छन्।  ताप्लेजुङ समाज हङ्कङले संयोजन गरेको शौचालय निर्माण कार्यमा सहयोग गर्ने दाताप्रति उनले आभार प्रकट गरेका छन्।  नगरप्रमुख प्याकुरेलले सुलभ सेवा शुल्क लिएर शौचालय व्यवस्थापनको कार्य अघि बढाइने जानकारी दिए। 

प्रकाशित: १० भाद्र २०७६ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App