८ वैशाख २०८१ शनिबार
समाज

डेढ महिनामै २० प्रतिशत काम

दूधकोसी लिफ्टिङ योजनाको डुम्रेधारापानीमा निर्माणाधीन रिजर्भ ट्यांकी। तस्बिर: नागरिक

खोटाङ – खोटाङको रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोसीको पानी निकाल्न सुरु गरिएको लिफ्टिङ आयोजनाको काम करिब २० प्रतिशत पूरा भएको छ। खानेपानीको समस्या समाधान गर्न गत असार २२ गते सुरु गरिएको सो आयोजनाको काम सुरु गरिएको थियो।

हालसम्म डुम्रेधारापानीको कोटगढीमा आयोजनाको एक लाख ५० हजार घनमिटर क्षमताको मुख्य ट्यांकी निर्माण पूरा भइसकेको छ। यस्तै, दूधकोसी र कोटगढीबीच निर्माण गर्नुपर्ने ७० हजार लिटर क्षमताका तीनवटा सप्लाई ट्यांकीमध्ये एउटाको पिसिसी ढलानको काम पूरा गरिसकिएको निर्माण व्यवसायी प्रकाश नाछिरिङ राईले बताए।

पिउने पानीको व्यवस्था गरी बसाइँसराइ रोक्न प्रदेश सरकारको ९ करोड ११ लाख ६ हजार रुपैयाँ लगानीमा सो आयोजना सुरु गरिएको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए।

पिउने पानी अभावले डुम्रेधारापानीमा वर्षेनी बसाइँसराइ बढेपछि ३ किलोमिटर तल रहेको दूधकोसीको पानी निकाल्ने आयोजना सुरु गरिएको हो। गाउँमै पिउने पानीको व्यवस्था गरी बसाइँसराइ रोक्न प्रदेश सरकारको ९ करोड ११ लाख ६ हजार रुपैयाँ लगानीमा सो आयोजना सुरु गरिएको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए। तीन वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ थालिएको आयोजना गत असारमा कोटगढीमा आयोजित कार्यक्रममा प्रदेशसभा सांसद राजन राईले शिलान्यास गरेका थिए।

दूधकोसीको पानीलाई पहिलो रिजर्भ ट्यांकी हुँदै डुम्रेधारापानीको कोटगढीमा निकालेर दुई सय ५६ घरमा वितरण गर्ने लक्ष्य राखिएको छ। ‘नदीबाट तानेको पानी केहीमाथि निर्माण गरिने ८० हजार लिटर क्षमताको ट्यांकीमा जम्मा गरिने छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘त्यहाँबाट सिधै कोटगढीमा निर्माण गरिने डेढ लाख लिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर घर–घरमा विस्तार गरिने छ।’

डुम्रेधारापानीमा पिउनेपानीको चरम अभाव छ। पानी अभावका कारण गत आर्थिक वर्षमा १५/१६ घर स्थानीय बसाइँ सरेको गाउँपालिका अध्यक्ष निरौलाले बताए। जिल्लाकै खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानी, हलेसी तुवाचुङ नगरपालिको महादेवस्थान र भुम्जुमा पनि दूधकोसीको पानी निकाल्ने प्रयास भइरहेको छ।

प्रकाशित: १० भाद्र २०७६ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App