coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारततर्फ मदिरा तस्करी गर्ने एक पक्राउ

भारततर्फ लग्दै गर्दा सीमावर्ती खिरौनाबाट प्रहरीले पक्राउ गरेको मदिराले भरिएको बोरा । तस्विरः मिथिलेश/नागरिक

सिरहा– सिरहा नगरपालिका १५ बुधौरा नाकाबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित एक जनालाई पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको समूहमध्ये ४० वर्षीय बलराम यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि मदिरा सेवनका लागि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्याउँदै आएका छन्।

१८ वटा बोरामा प्याक गरिएको ९० कार्टुन मदिरा टाउकोमा बोकेर भारततर्फ लग्दै गरेका यादव पक्राउ परेपछि बाँकी मानिसहरु मदिराको बोरा फालेर भागेको प्रहरीले जनाएको छ। पक्राउ परेका बलराम नेपालबाट भारत मदिरा तस्करी गर्ने गिरोहका मुख्य मान्छे भएको प्रहरीले जनाएको छ। यादव र बरामद मदिरालाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि भन्सार कार्यालय माड्रमा बुझाइएको एसपी चतुर्वेदीले बताए।

भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि मदिरा सेवनका लागि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्याउँदै आएका छन्।

पछिल्लो समय सिरहा प्रहरीले सीमादेखि सहरसम्म तस्करीमाथि निगरानी बढाएपछि तस्कर र तस्करीका समान धमाधम पक्राउ पर्न थालेका छन्।

साउन २५ गते सिरहाको सीमावर्ती बरियारपट्टी नाकाबाट प्रहरीले मदिरा बोकेको भारतीय गाडी पक्राउ गर्यो। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको एचआर ६६१४८७ नम्बरको स्कर्पियो जीप पक्राउ गरि कारबाहीका लागि जिल्ला भन्सार कार्यालय ठाढीमा बुझाइएको हो।

स्कर्पियो जीपभित्र ५० वटा कार्टुनमा प्याक मदिरा रहेको थियो। प्रहरीको गस्ती टोलीलाई देखेर चालक जीप छोडेर फरार भएका थिए। 

प्रकाशित: ९ भाद्र २०७६ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App