७ वैशाख २०८१ शुक्रबार
समाज

सिकाइ सुधार्न नयाँ पाठ्यक्रम तयार

काठमाडौं - साना कक्षामा विद्यार्थीको गणित, अंग्रेजी र नेपालीमा सिकाइ कमजोर हुँदै गएको सरकारी तथ्यांकले उजागर गरेपछि पाठ्यक्रम विकास केन्द्रले बालबालिकाको सिकाइ सुधार गर्ने नयाँ पाठ्यक्रम तयार गरेको छ। केन्द्रले हाल कक्षा १–३ सम्मको नयाँ एकीकृत पाठ्यक्रम तयार पारेको हो। कक्षा १ को पाठ्यक्रम एक सय तीन स्कुलमा परीक्षण भइरहेको छ भने कक्षा ४ देखि १२ सम्म ग्रेडिङ अनुसारको क्रेडिट आवरसहितको नयाँ पाठ्यक्रमको तयारी भइरहेको छ। भदौको अन्तसम्म पाठ्यक्रम अनुगमन तथा मूल्यांकन परिषद्मा कक्षा १२ सम्मकै पाठ्यक्रम पेस गर्ने केन्द्रको तयारी छ। यसअघि विद्यालय शिक्षाको पाठ्यक्रम पूर्णाङकमा आधारित थियो भने अब बन्ने पाठ्यक्रम क्रेडिट आवरमा आधारित हुनेछ।

कक्षा ५ को विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण २०१८ को नतीजाअनुसार गणित विषयमा ७२ प्रतिशत विद्यार्थीले पाठ्यक्रमको न्यूतम सिकाइ नसिकेको पाइएको छ भने सोही कक्षाको नेपाली विषयमा ५५ प्रतिशत विद्यार्थीले नेपाली विषयमा आफैं वाक्य गठन गर्न नसकेको पाइएको छ। ३२ प्रतिशत बालबालिको गणित सिक्ने आधारै नबनेको र नेपालीमा २० प्रतिशत बालबालिकाले आफैं वाक्य गठन गर्ने आधार स्कुलमा सिक्न नसकेको अध्ययनले देखाएको छ। शिक्षा मन्त्रालयअन्र्तगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले कक्षा ५ को विद्यार्थीहरु गणित र नेपालीमा कमजोर बन्दै गएको देखाएको छ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले कक्षा एकको एकीकृत पाठ्यक्रम तयार भएर परीक्षण भइसकेको र प्राप्त नतिजा अनुसार परिमार्जन गर्दै देशभरका स्कुलमा कक्षा १ मा एकीकृत पाठ्यक्रम लागू हुने बताए। उनले आधारभूत तहमा नानीहरुको नेपाली, अंग्रेजी र गणित विषय सिकाइ कमजोर बन्दै गएकाले नयाँ पाठ्यक्रममा पाठ्यघण्टा वृद्धि गरिएको जनाए।

नयाँ पाठ्यक्रम अनुसार आधारभूत तहमा कक्षा १–८ को अंग्रेजी, नेपाली र गणितको पाठ्यघण्टा बढाइएको छ। नयाँ पाठ्यक्रम अनुसार कक्षा १–३ सम्म नेपाली ५ पाठ्यघण्टा, अंग्रेजी र गणितमा ४÷४ पाठ्यघण्टा , हाम्रो सेरोफोरो ८ पाठ्यघण्टा र स्थानीय विषयमा ५ पाठ्य घण्टा तोकिएको छ। कक्षा ४–८ मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, समाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयहरु क्रमशः ५÷५ पाठ्यघण्टाको तोकिएको छ। यसैगरी स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ३ क्रेडिट आवरको र स्थानीय विषयमा ४ क्रेडिट अवार तोकिएको छ।

महानिर्देशक पौडेलका अनुसार बालबालिकाको सिकाइ उपलब्धिलाई स्तरीय र प्रभावकारी बनाउन मुख्य विषयहरुमा पाठ्य घण्टा वृद्धि गरिएको हो भने माथिल्लो कक्षामा अंग्रेजीमै पाठ्यसामग्री पाउइे भएकाले कक्षा ११ र १२ मा अंग्रेजीलाई बढी जोड दिइएको हो। ‘विगतमा पूर्णांकमा विषयवस्तु थिए भने अब पाठ्यक्रमले सबै विषयहरु क्रेडिट आवरमा गरेको छ,’ महानिर्देशक पौडेलले नागरिकसँग भने, ‘शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सुझावलाई समेटेर आधारभूत र कक्षा ९ र १० सम्म अनिवार्य विषयहरुको क्रेडिट आवर बढाइएको छ।’ उनले थपे, ‘यसले कोर्षहरु व्यवहारिक र क्रियाकलापमा आधारित भएकाले यसले अब नानीहरुको सिकाइ सुधार हुने विश्वास गर्न सकिन्छ।’

नयाँ पाठ्यक्रम अनुसार माध्यामिक तह कक्षा ९ र १० मा समेत यी विषयहरुमा पाठ्यघण्टा बढाइएको छ। कक्षा ९–१० मा अंग्रेजी, नेपाली, गणित र विज्ञान तथा प्रविधिमा ५÷५ क्रेडिट अवार तोकिएको छ भने समाजिक अध्ययन, ऐच्छिक प्रथम र द्वितीयमा क्रमशः ५÷५ क्रेडिट आवार तोकिएको छ। कक्षा ११ र १२ मा भने अंग्रेजीभन्दा नेपालीमा कम पाठ्य घण्टा तोकिएको छ भने नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ दुवै तहमा नेपाली विषय ३÷३ क्रेडिट आवरको राखिएको छ।

पाठ्यक्रमका निर्देशक एवं सूचना अधिकृत गणेश भट्टराइले माथिलो कक्षामा मेडिकल, इन्जिनिरिङ, बैकिङलगायतका क्षेत्रहरुमा विद्यार्थीहरु जाने र स्वदेश तथा विदेशमा समेत उच्च शिक्षा हासिल गर्नका लागि अंग्रेजी नै आवश्यक हुने भएकाले कक्षा ११ र १२ मा अंग्रेजीलाई बढी क्रेडिट आवर दिइएको बताए।

२०६० सालसम्म साना कक्षामा सार्वजनिक स्कुलहरुमा कक्षा ४ देखि मात्र अंग्रेजी पठनपाठन गराइने व्यवस्था थियो। २०६३ सालको पाठ्यक्रमले कक्षा एकदेखि नै सार्वजनिक स्कुलमा अंग्रेजी विषय पठनपाठन व्यवस्था ग¥यो। तर यसमा उचित व्यवस्थापन नभएकाले स्कुल अनुसार फरक घण्टी पढाइने व्यवस्था थियो। ‘अब आधारभूत तहमा समेत अन्तर्राष्ट्रिय स्तरकै पाठ्यक्रम तयार गरेर पाठ्यघण्टाको व्यवस्थाले नानीको सिकाइ उपलब्धिको स्तर बढ्ने विश्वास छ,’ महानिर्देशक पौडेलले भने, ‘अब त्यस अनुसारको शिक्षक तालिम, क्रेडिट आवर मिलाउने र प्रयोगात्मक क्रियाकलाप मिलाउने बारे विज्ञहरुसँग छलफल गरिरहेका छौं।’

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ का बायोलोजी समूहका विद्यार्थीले समेत गणित विषय अध्ययन गर्न पाइने व्यवस्था गरिएको निर्देशक भट्टराईले बताए। ‘ऐच्छिक विषयको पहिलो र दोस्रो समूहमा क्रमशः भौतिक र रसायनिक विज्ञान तथा तेस्रो समूहबाट जीवविज्ञान अध्ययन गर्ने विद्यार्थीहरु भने जीवनोपयोगी शिक्षाको साटो अनवश्यताअनुसार ऐच्छिक विषयको तेस्रो समूहबाट नै गणित विषय लिनसक्ने व्यवस्था गरिएको छ,’ निर्देशक भट्टराईले भने, ‘कक्षा ११ र १२ को पाठ्यक्रम बनाउँदा विद्यार्थीको हितलाई ख्याल गरिएको छ।’ उनले थपे, ‘आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुन्छ भने २०७७ देखि देशभरिका विद्यालयहरुमा कक्षा १ देखि एकीकृत पाठ्यक्रम लागू हुन्छ।’ त्यसपछि क्रमशः कक्षा दुईदेखि माथि लागू हँुदै जाने उनले बताए।

यति मात्र होइन पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का विद्यार्थीहरुको सीप र दक्षता वृद्धि गर्न नयाँ पाठ्यक्रम समेत थपिएको छ। अंग्रेजी, नेपाली, समाजिक र जीवनोपयोगी अनिवार्य विषयका साथै विद्यार्थीले तीन वटा ऐच्छिक विषय पढ्छन्। ऐच्छिक विषयमा विश्वस्तरमा माग भएका विषय राखिएको पौडेलले बताए। ‘कक्षा ११ र १२ का लागि ४०÷४० वटा पाठ्यक्रम तयार भइसकेको छ भने ३० वटा पाठ्यक्रम तयार हुने क्रममा छ,’ उनले भने, ‘योग, प्राकृतिक चिकित्यसा, आयुर्वेद, बुढ्यौली स्याहारलगायतका थुप्रै नयाँ विषयको पाठ्यक्रम तयार भएको छ। कक्षा ४–१२ सम्मको सबै पाठ्यक्रमको खाका तयार गरी पाठ्यक्रम अनुगमन तथा मूल्यांकन परिषद्मा भदौको अन्तिमसम्म पेस भइसक्छ। अगामी शैक्षिक सत्रदेखि कार्यन्वयनमा जाने तयारी छ।’

प्रकाशित: ९ भाद्र २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App