१६ चैत्र २०८० शुक्रबार
समाज

भक्तपुर दुर्घटनामा चालकको मृत्यु

मध्यपुरथिमि- मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा७३प ९७२१ नम्बरको मोटरसाइकल र बालकोटतर्फ जाँदै गरेको बा६७प ६७५४ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।     

दुर्घटनामा घाइते चालक मध्यपुरथिमि–५ कमेरेटारका २२ वर्षीय राजेश गोजाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रवीण लोहलाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।रासस
 

प्रकाशित: ६ भाद्र २०७६ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App