८ वैशाख २०८१ शनिबार
समाज

महिलाको सक्रियतामा बरामद गरिएको अवैध मदिरा नष्ट

बाजुरा- प्रहरीले अवैध रुपमा उत्पादन गरिएको २ हजार बढी घरेलु मदिरा नष्ट गरेको छ। सदरमुकाम मार्तडीका महिला र प्रहरीको सक्रियतामा बरामत गरिएको २ हजार २ सय ६५ लिटर अवैध मदिरा सर्वपक्षिय रोहबरमा नष्ट गरिएको हो।

सात महिनाको अवधीमा १७ हजार लिटर बढी मदिरा बरामत गरि नष्ट गरेको प्रहरीले यति ठूलो मात्रामा एकसाथ मदिरा पहिलो पटक नष्ट गरेको हो। मार्तडी र वाउली भित्रकै पसल, होटल र केही व्यक्तिका घरबाट बरामत गरिएको मदिरा सर्वपक्षिय रोहवरमा नष्ट गरिएको प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले बताएका छन्।

घर परिवारको विचल्ली हुनेगरी पुरुषले मदिरा सेवन गर्ने गरेको आक्रोश सहीत महिलाहरुले प्रहरीको साथ लिएर घर घरमा पुगेर सामुहिक नियन्त्रणमा लिएका हुन्। आमा समूह मार्फत प्रहरीलाई साथमा लिएर मदिरा बरामत गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमै खाल्डा खनेर नष्ट गरिएको छ। प्रत्येक घरमा पुगेर महिलाहरु आफै मदिरा खोजतलासि गर्ने र प्राप्त मदिरा बरामत गरेर प्रहरीलाई बुझाउने गरेका छन्।

उक्त मदिरा तीन दिनको अवधीमा नियन्त्रणमा लिएका हुन्। बडिमालिका ९ का महिलाहरुको सक्रियता र प्रहरीको निरन्तरको प्रयासबाट मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले बताएका छन्।

उसोत प्रहरीले जिल्ला व्यापी अभियान थालेको छ। वैध मदिरा पनि व्यवस्थीत हुनु पर्ने र अवैध पूर्ण बन्द गर्ने अभियान प्रहरीको हो, त्यसमा ९ नम्बरका महिला दिदी बहिनीहरुले ठूलो साथ सहयोग गरेको भाटको भनाई छ।

प्रहरी ७ महिनाको अवधीमा १७ हजार लिटर अवैध घरेलु मदिरा बरामत गरी नष्ट गरेको छ। उत्पादन हुने स्थान र घर बारे जानकारी लिँदै महिलाहरु प्रहरी साथमा लिएर सिँधै घर पुग्ने र नियन्त्रणमा लिने गरेका छन्।

मदिराकै कारण दैनिकजसो झै झगडा, आपसी विवाद परिवारीक तनाब बढ्ने गरेको थियो। भने आर्थिक नोक्सानी पनि स्थानीयले बेहोर्नु बाध्यता छ। मार्तडी बाहिरबाट व्यवसाय सञ्चालन गर्न आएका र भोटेजनजातिहरुले व्यवसायकै रुपमा मदिरा उत्पादन गर्ने गरेको प्रहरीले अनुसन्धानबाट खुलेको छ।

उसोत महिला समूह, प्रहरी र वडा कार्यालयको सयुक्त छलफलबाट विक्री गरेको भेटिएमा पहिलो पटक ५ सय र दोस्रो पटक १५ सय जरिवाना गराउने र तेस्रो पटक भेटिए कानुनी प्रक्रियाका लागि प्रहरीलाई बुझाउने निर्णय गरेका छन्। महिलाको काम पनि स्वागत योग्य काम भएको स्थानीयले बताएका छन्।

घरपरिवारकै विचल्ली पार्ने र आफ्नो ज्यानको समेत ख्याल नगर्ने अवस्था आएपछि महिलाहरु बाध्य भएर नियन्त्रणका लागि प्रहरीको साथ मागेकी हुन्। सस्तो र सहज उपलब्ध हुनेभएपछि अधिकांशले घरेलु मदिरा मात्र सेवन गर्ने गरेका छन्। वडाका वैध रुपमा रहेको मदिरालाई पनि विक्री तथा सेवनमा समय सीमा तोकेर विक्री तथा सेवनका लागि समय निर्धारण गरेको छ।

प्रकाशित: ६ भाद्र २०७६ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App