१५ चैत्र २०८० बिहीबार
समाज

लोकसेवा आयोगमा यादव

जनकपुर – प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा सिरहाका सुरेन्द्रप्रसाद यादवलाई प्रस्ताव गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले आयोगको अध्यक्षमा यादवको नाम प्रस्ताव गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री राउत संयोजक रहेको सिफारिस समितिमा सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दल (नेकपा) का नेता सत्यनारायण मण्डल सदस्य छन्। समितिले आयोगका दुई सदस्य चयनका लागि नाम सिफारिस गर्न बाँकी छ। यादव सिरहा सदरमुकामस्थित त्रिविको आंगिक क्याम्पस सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसका सहप्राध्यापक हुन्।

६१ वर्षीय यादवले २०४७ सालदेखि सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसमा अध्यापन सुरु गरेका थिए।

प्रकाशित: ६ भाद्र २०७६ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App