८ वैशाख २०८१ शनिबार
समाज

भित्रिमधेसमा झाडापखालाको प्रकोपः ६५ जना बिरामी

डडेल्धुरा– जिल्लाको भित्रिमधेस जोगबुढा क्षेत्रमा झाडापखालाको प्रकोप देखिएको छ। परशुराम नगरपालिका ८ जमरानीमा झाडापखालाको प्रकोप देखिएको हो। वडा नं. ८ को सानखोला र धादलीफाटामा अहिलेसम्म ६५ जनामा झाडापखलाको प्रकोप देखिएको परशुराम स्वास्थ्य शाखाका उपसंयोजक हिक्मत धामीले जानकारी दिए।

साउन २९ गते झाडापखालाको प्रकोप देखिएको थियो। उनले भने, हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं। अहिलेसम्म दुई गाउका गरी ६५ जना स्थानियमा झाडापाखलाको संक्रमण देखिएको छ। पाँच जनालाई उपचारका लागि जोगबुडाको लालढुङ्गा बजारमा रहेको अस्पतालमा रेफर गरेका छौ।

गत साउन २९ गते देखि देखा परेको झाडापखालाको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए। झाडापखालाको संक्रमण देखिएका ६० जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको उनले बताए।

पाँच बिरामीलाई स्वासथ्यकर्मीको टोलीले जोगबुडा अस्पतालमा रेफर गरेको जनाइएको छ। पाँच जना मध्ये मध्ये चार जना अस्पतालबाट उपचार गरी सामान्य अवस्थामा घर फर्केका छन् भने एक जना लाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ। जिल्ला सदरमुकामको डडेल्धुरा अस्पतालले बिरामीको दिशाको नमूना परीक्षण गर्दा झाडापाखलाकै जिवाणु भेटिएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले बताए।

जनस्वास्थ्य कार्यालय डडेल्धुरा र प्रदेशको स्वास्थ्यकर्मीको टोली झाडापखालाको प्रकोप फैलिएको क्षेत्रमा पुगेको वरिष्ट जनस्वास्थ्य अधिकृत टंकप्रशाद चपागाईंले बताए। यद्यपी उनी आफु भने बिदामा रहेको बताए। 

प्रकाशित: ४ भाद्र २०७६ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App