८ वैशाख २०८१ शनिबार
समाज

नेपालमा बार्षिक एक हजार विद्यार्थी अध्ययनका लागि पठाउन चीन तयार

काठमाडौ- शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चीन सरकारले चासो व्यक्त गरेको छ। 

चीनको चिनियाँ डाइलेटिकल एसाेसियसनका अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसंग भेटगरी योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय अध्ययनको लागि चीन सरकारले बार्षिक १ हजार बिद्यार्थी पठाउने ईच्छा व्यक्त गरेका हुन्।

नेपाल सरकारसँगको सहमतिमा बार्षिक एक हजारको संख्यामा विद्यार्थी पठाउन चीन सरकार तयार रहेको प्रोफेसर थिङले जानकारी दिए।

हिजोदेखि काठमाडाैंकाे प्रज्ञा प्रतिष्ठानमा जारी माक्र्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रोफेसर थिङ मन्त्री पोखरेल भेट्न आज सिहंदरबारस्थित मन्त्रालय गएका थिए। भेटको क्रममा नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि अध्ययन गर्न उपयुक्त देश भएकोले आफुहरु सहयोग गर्न तयार रहेको थिङले प्रष्ट पारे। चिनियाँ डाइलेटिकल एसाेसियसन चीन सरकारको उच्च तहको निकाय हो।

भेटको क्रममा मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रम आफ्नो चासोको बिषय भएकोले तुरुन्तै आवश्यक छलफल र तयारी गरि पाठ्यक्रम लागू गर्ने बताए। उनले चिनियाँ डाइलेटिकल एसाेसियसन र चीन सरकारलाई धन्यवाद ज्ञापन गर्दै सहकार्यको अपेक्षा गरिएको बताए। मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय देशको अहिलेको आवश्यकताको बिषय भएको प्रष्ट पार्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाए।

प्रकाशित: ४ भाद्र २०७६ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App