coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नजिकका बाटै असुरक्षित बालिका

सांकेतिक तस्बिर

दुलेगौँडा (तनहुँ)- शुक्लागण्डकी नगरपालिका– ९ मा आफ्नै बाबुले १४ बर्षिय छोरीलाई बलात्कार गरेपछि गत साउन १५ गते ईलाका प्रहरी कार्यलय बेलचौतारामा आमाले उजुरी दिईन्। पहिलोपटक बैशाख २१ गते मातातिर्थ औँसीका दिन आमा माईत गएको मौका पारेर मदिराले लठ्ठ बाबुद्धारा छोरी बलात्कृत भएकी थिइन्।

दोस्रो पटक पनि आमा नभएको बेलामा गत साउन १३ गते पुन:  बलात्कारको प्रयास भएपछि ती बालिकाले भागेर आमालाई जानकारी गराईन्। पहिलोपटक घटना सार्वजनिक नगर्न बाबुले धम्की दिएपछि चुपचाप बसेकी छोरीले दोस्रो पटकमा आमालाई घटनाबारे भनिन्। र आमाले प्रहरीसमक्ष उजुरी दिइन्।

साउन २ गते जिल्ला प्रहरी कार्यलयमा पाँच बर्षिय बालिका बलात्कृत भएको उजुरी पर्‍यो। व्यास नगरपालिका–७ पल्लो नरंगा मामाघरमा हजुरआमासंग बस्दै आएकी बालिका साथीहरुसँग खेल्दै गर्दा फकाएर मकैबारीमा लगेर आफ्नै छिमेकीले बलत्कार गरेका थिए। उक्त घटननमा संग्लन ऋषिङ गाउँपालिका–१ घर भई हाल सोही स्थान बस्ने १९ बर्षिय नविन थापालाई प्रकाउ गरी कारागार चलान गरिएको छ। बालिकाले घटनाबारे हजुरआमालाई बताएपछि प्रहरीमा उजुरी दिएकी थिईन्।

साउन महिनामा मात्रै तनहुँमा तीनवटा बलत्कारका घटना भएका छन्। तीन जना पीडित नाबालिका नै हुन्।  विगतका बर्षको तुलनमा पछिल्ला बर्षहरुमा यस्ता अपराधमा बृद्धी हुदैँ आएको प्रहरी नायव उपरीक्षक लिलाराज लामीछानेले बताए।  चिनेजानेका व्यक्ति र आफन्तबाट बालिका बढी असुरक्षित बन्न थालेको उनको भनाई छ। ‘यस्ता घटनामा आफन्त, नातेदार  र छिमेकीको संलग्नता हुने गर्छ’, उनले भने।

तनहुँमा आर्थिक बर्ष २०७५/७६ मा १६ जना बालिका बलात्कृत भएको प्रहरीको तथ्याङमा उल्लेख छ। बर्षभर २२ वटा बलत्कारका घटना भएका थिए।  ६ वटा जबरजस्ती करणी उद्योगको मुद्दा परेकोमा ४ जना बालिका पीडित भए। चार वटा बाल यौन दुव्र्यवहारका मुद्दा समेत प्रहरीमा दर्ता भएको छ। आव २०७४/७५ मा ११ र ०७३/७४ मा २४ वटा बलत्कारका उजुरी परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

बलत्कारका घटनामा अधिकांश बालिका पीडित हुने गरेका छन्। बालिकालाई प्रलोभनमा पार्न सहज हुने भएकाले बलत्कारको शिकार हुने प्रहरी नायव उपनिरीक्षक लामिछानेले बताए।  ‘शारिरीक रुपमा अशक्त भएका बालिकाहरु समेत पीडित छन्’, उनले भने।

बलत्कारका घटनामा संग्लन पीडकहरु लागुपदार्थ दुर्व्यसनीमा फसेको भेटिने उनले बताए। ‘मादक पदार्थ लागुपदार्थ सेवन गरेर घटना घटाएको अनुसन्धानले देखाएको छ’, उनले भने, ‘छरछिमेकमा कुलतमा फसेका व्यक्तिहरु छन् भने अभिभावकले बालिकालाई त्यस्ता व्यक्तिको पहुँच पुग्न नदिने गरी नियन्त्रणमा राख्नुपर्ने देखिन्छ।’

प्रकाशित: २ भाद्र २०७६ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App