१६ चैत्र २०८० शुक्रबार
समाज

पत्रकार अधिकारीको दुर्घटनामा परी मृत्यु

सिराहा– सप्तरीमा आज बिहान भएको दुर्घटनामा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको छ।

कन्चनरुप नगरपालिका–११ मा बा १६ प २२३५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा रुपन्देहीका पत्रकार अधिकारीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । अन्य चारजना घाइते छन्। घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनामा परी रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाध्यक्षहरू सोहल चौधरी र तारानाथ पाण्डे, चालक अशोक भण्डारी घाइते भएका छन्। चालक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनमा सहभागिताका लागि पत्रकार अधिकारीसहितको टोली विराटनगरतर्फ जाँदै थियो।

प्रकाशित: ३२ श्रावण २०७६ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App