१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालमा समग्र सूचनासहितको ‘सगुन लाइट’ सञ्चालनमा

काठमाडाैँ - पछिल्लो समय समाजिक संजालको रुपमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सूचनामुलक एप विस्तार भइरहेको छ। सोही क्रममा विश्वव्यापी र नेपाललाई लक्षित गरेर  ‘सगुन लाइट’ सञ्चालनमा आएको छ। सामाजिक संजाल सगुनले नेपाली प्रयोगकर्ताहरुलाई विशेष लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग  गर्न मिल्ने सामाजिक एप सगुन लाइट (Sagoon Lite) को सुरुवात भएको छ।

नेपालीसहित विदेशीहरुको लगानीमा संचालनमा आएकोसगुन लाइटको प्रयोगकर्ताहरूलाई आफ्ना विचारको आधारमा कसैले धारणा बनाउन नसकोस् भन्ने निश्चिन्तताका साथ विचारहरू अभिव्यक्त गर्ने स्वतन्त्रता प्रदान गर्दछ।

नेपालसहित विभन्न देशमा सगुन लाइटको प्रयोगकर्ता ह्वात्तै बढेका छन्। सगुन लाइटको प्रयोग गरी खुला रूपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भैरहेका घटनाहरु र राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा अभिव्यक्ति संप्रेषण गर्न सकिने नेपालका लागि सगुन लाइटका संस्थापक गोविन्द गिरीले बताए।

उनका अनुसार यसले नेपालका लागि छुटै विषयहरु छनोट गरेको छ । जसमा नेपालको लागि दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, Visit Nepal 2020, हिन्दू तथा बौद्ध धर्म, ठट्यौलीरचुट्किला, स्वास्थ्य तथा तन्दुरुस्ती, खेलकूद जस्ता विभिन्न रुचिका विषयहरू समावेश गरिएको छ । नेपालका प्रयोगकर्ताहरूले आफ्ना रुचि अनुसारका विषयहरूमा जानकारी लिन तथा आफ्ना रुचिका विषयमा विचारहरू व्यत्त गर्न समुदाय पनि निर्माण गर्न सकिने व्यवस्था मिलाइएको उनका भनाइ छ।

६४ देशका २५१ सहरका प्रयोगकर्ताहरूले आफ्नो रूचिका विभिन्न विषयमा विचारहरू रंगीन पृष्ठभूमिमा शब्द, तस्विर तथा भीडियो मार्फत् दैनिक रूपमा संप्रेसण गर्दै आइरहेका छन् । साझा गरिएका विचारहरू संसारभरका प्रयोगकर्ताहरूले आफ्नो रुचि बमोजिम हेर्ने र गोप्य रूपमा मन पर्यो वा परेन भनी राय व्यक्त गर्छन् । प्रयोगकर्ताहरूले साझा गरेका १ लाखभन्दा बढी विचारहरू १ करोडभन्दा बढी पटक हेरिएको छ । प्रयोगकर्ताहरूको संख्या अघिल्लो महिनाको तुलनामा २ सय प्रतिशतले बढेका संस्थापक गिरीले बताए।

उनले भने,‘सगुन लाइट सुरु भएयता धेरै भन्दा धेरै प्रयोग गर्नेहरुलाई सम्मानित गरिएको छ । यसक्रममा सक्रिय सगुन प्रयोगकर्ताको रुपमा  ५१ व्यक्तिहरू सम्मानित भएका छन्।’ उनका अनुसार सगुनमा प्रेरणादायी विचारहरू सुनेर वासिङ्टन डिसीका एक प्रयोगकर्ताले धुम्रपान गर्न छोडेका छन् भने लन्डनमा बस्ने अर्का एक प्रयोगकर्ताको चिन्ताको समस्या निको भएको बताए ।

सगुन लाइट एप चलाउन सजिलो छ। यो निशुल्क डाउनलोड गर्न सकिन्छ। Google Play store वा Apple Appstore मा गएर Sagoon Lite खोजी एक मिनेटमै इन्सटल गर्न सकिन्छ । यसक्रममा आफ्नो फोन नम्बर राखेर साइन अप गर्ने, आफ्ना रुचिका विषयहरू छान्ने र आफ्नो फोनलाई ओटीपी कोडले प्रमाणीकरण गर्नु पर्नेछ।

यति गरिसकेपछि प्रयोगकर्ताले एपको Dashboard मा पुगि साथीहरू तथा Sagoon Team का सदस्यहरूले साझा गरेका विचारहरू हेर्न सक्नेछ। Sagoon का प्रयोगकर्ताहरुले, आप्ना साथीहरुले पोष्ट गरेका, आफ्नो देशभित्र अन्य प्रयोगकर्ताले पोष्ट गरेका र विश्वका विभिन्न देशका प्रयोगकर्ताले पोष्ट गरेका विचार वा आफ्ना राय व्यत्त गर्न सक्छन् ।

Sagoon ले डेक्सटप संस्करण (www.sagoon.com) मोबाइल संस्करण (www.m.sagoon.com) पनि जारी गरिसकेको छ । यदि मोबाइलमा खाली स्थानको अभाव छ भने प्रयोगकर्ताले मोवाईल संस्करण प्रयोग गर्न सक्छन् ।

Please use the following link to download Sagoon Lite app.
Google play store

Apple Play Store

प्रकाशित: ३२ श्रावण २०७६ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App