coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुवा खेल्ने आठ जना पक्राउ

गाेरखा- पालुङटार नगरपालिका–५ चियानडाँडाको जङ्गलमा जुवा खेल्दै गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। जङ्गलको बीचमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। 

जुवाको खालबाट प्रहरीले रु तीन लाख ८७ हजारसमेत बरामद गरेको छ। गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको नेपालले जानकारी दिए। रासस

प्रकाशित: ३० श्रावण २०७६ १६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App