१६ चैत्र २०८० शुक्रबार
समाज

गाईजात्रा प्रदक्षिणा मार्ग सरसफाइ

भक्तपुर - भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गमा मंगलबार सरसफाइ गरिएको छ।  गाईजात्राको क्रममा प्रदक्षिणा गर्ने मार्गहरुमा सयौं नगरबासीहरुको सहभागितामा सरसफाइ गरिएको हो।  बिहीबारदेखि सुरु हुने भक्तपुरको एकहप्ते गाईजात्राको मुख्य जात्रा यस वर्ष शुक्रबार परेको छ।  भक्तपुर नगरपालिकाको आयोजनामा भएको सरसफाइमा सभासद्, नगरप्रमुख, उपप्रमुखलगायत सयौं नगरबासी सहभागी थिए।

भक्तपुर नगरपालिका वडा नम्बर १ देखि ५ सम्मको मार्गमा संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ नेतृत्वको टोली र वडा नम्बर ६ देखि १० सम्म भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रदेशसभा सदस्य सृजना सैंजु नेतृत्वको टोलीले सरसफाइ गरेको थियो। 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाले विभिन्न सरोकारवाला र सांस्कृतिक गुरुसँग छलफल गर्दै अगाडि बढेको बताए।  विभिन्न विद्यालयका विद्यार्थीसहितको सहभागितामा भएको सरसफाइमा विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्डसहित नगर परिक्रमा गरेका थिए।

प्रकाशित: २९ श्रावण २०७६ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App