१६ चैत्र २०८० शुक्रबार
समाज

इञ्जिनियरद्वयविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। 

इञ्जिनियरद्वयले कलैया उपमहानगरपालिका–२१ स्थित तपी मावि भोडहादेखि भदिलबासम्मको सडक ढलान गर्ने काममा वास्तविकभन्दा बढी काम भएको देखाइ भुक्तानी दिन सिफारिस गरेको आयोगको अनुसन्धानबाट खुलेको थियो। आयोगले उनीहरु दुवै जनाविरुद्ध पाँच लाख ७१ हजार २६९ रुपैयाँ ५० पैसा बिगो मागदाबी गरेको छ। 

आयोगले आजै सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको भङ्गाहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलमलाई रु एक लाख ६० हजार घुससहित नियन्त्रणमा लिएको छ। निजले सेवाग्रहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी गरिदिएबापत सो रकम घुस लिएको पुष्टी भएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न भएको आशङ्कामा आयोगले सोही वडाका वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ। रासस

प्रकाशित: २८ श्रावण २०७६ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App