१६ चैत्र २०८० शुक्रबार
समाज

मन्त्री भट्टराईको बचनः खस संग्राहलय निर्माणकाे अख्तियारी छिट्टै पठाउँछौं

पर्यटन मन्त्रालयमा खस संग्राहलयको डिपिआर प्रस्तुतीका क्रममा । नागरिक

जुम्ला– जुम्लाको सिँजा गाउँपालिकामा निर्माण हुन लागेको खस संग्राहलय निर्माणमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई सकारात्मक देखिएका छन्। उनले खस सभ्यता संरक्षणको लागि भएपनि सिँजा संग्राहलय आवश्यक रहेकोमा जोड दिए। जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महत सहितको टोलीसाग उनले संग्राहलय निर्माणको लागि आर्थिक अख्तियारी छिट्टै पठाईदिने बचन दिए। सांसद महतकोे टोलीले पर्यटन मन्त्रालयमै पुगेर खस संग्राहलय भवनको डिपिआर प्रस्तुत गरेको थियो।

पर्यटनमन्त्री भट्टराइले तीन तहको सरकारसँग समन्वय गरेर बृहत संग्राहलय निर्माण गर्न सुझाव दिए। केन्द्र सरकारले यो वर्ष एक करोड रकम विनियोजन गरेको बताउँदै पर्यटनमन्त्री भट्टराईले बजेटको भरपुर सदुपयोग गर्न निर्देशन दिए। उनले भने, ‘काम गुणस्तरको गर्नुस, अपुग रकम थपौँला। संग्राहलय निर्माणमा होडबाजी चलेको तर्फ ईंिग तगर्दै मन्त्री भट्टलाई भने,‘एउटाले मःम पसल खोलेमा अर्कोले पनि मःम पसल खोल्नै पर्ने अवस्थामा अन्त्य गर्नु अहिलेको चुनौति छ। ख्याल गर्नुहोला। यो ठिक होईन्।’

समयमै काम सकिएर सार्वजनिक लेखा परिक्षण गरेमा अपुग रकम थप्न सकिनेमा जोड दिए ।यो बर्ष बजेट बनिसकेपछि मन्त्री बनेकोले थप आर्थिक सहयोग गर्न नसकिने बताउँदै अर्को आर्थिक वर्षमा आवश्यक बजेट ब्यवस्था गर्ने बताए। मन्त्री भट्टराईले भने, ‘छिटो बजेट निकासा पठाईदिन्छौँ, रफ्तारमा काम अघि बढाउनुस्। साच्चिकै सिँजा संग्राहलय हो भन्ने देखाउनुस।’ जुम्लाका सांसद गजेन्द्रबहादुर महतसँग लक्षित गर्दै मन्त्री भट्टराईले भने ,‘सांसद ज्युले संसद हल्लाईराख्नु भएको छ।

सिँजा सभ्यता राराको बीच ठाउँमा भएकोले यो संग्राहलय पर्यटन आकर्षणको केन्द्र बन्ने गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले बताए। उनले भने,‘सडक मार्गबाट हजारौ पर्यटक ओहोरदोहोर गरिरहन्छन्, सबैको मनजित्ने गरि संग्राहलयको् डिपिआर बनेको छ। ’संग्राहलय रारा, फोक्सुण्डोलाई केन्द्रबिन्दु बनाई निर्माण गर्न थालिएको हो।

यसभित्र संस्कृति, इतिहास, परम्परागत औजार र मुर्ति राखिनेछ। संग्राहलयका लागि स्थानीयले ४ हजार वर्गमिटर जग्गा उपलब्ध गराएका छन्। संग्राहलय भित्रै स्याउ बगैँचा, मष्टदेवताको मन्दिर, पर्यटनमैत्री शौचालय,परम्परागत पञ्चदेवल,अत्याधुनिक हल र भित्रै सिचाइ नहरको डिपिआर बनेको छ। डिपिआरमा संग्राहलयको आफ्नै गजुर राखिने छ । पर्यटकियले सांस्कृतिक धरोहर बन्नेमा दुईमत नरहेको सांसद महत बताउँछन्। १३ करोड ८९ लाख २५ हजार ४ सय ३ रुपैयाँमा संग्राहलय बन्ने भएको हो। युनिक डिजाईन एण्ड डेभलपमेण्ट ईन्जिनियरिङ कन्सल्टेन्सी ललितपुरले डिपिआर तयार पारेको हो। 

 

प्रकाशित: २८ श्रावण २०७६ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App