२६ असार २०७७ शुक्रबार
समाज

बलात्कारका घटना बढ्दै

कैलाली - कैलालीमा बलात्कारका घटना पनि शृङ्खलाबद्धरूपमा बढ्दै गएका छन्। पछिल्लो केही वर्षयता बलात्कारका घटनासम्बन्धी उजुरी बढ्न थालको कैलाली प्रहरीले जनाएको छ।

पछिल्लो तीन वर्षयता कैलालीमा बुबाबाटै छोरीसम्म बलात्कृत हुन पुगेकी छन्। यो अवधिका सामूहिक बलात्कार र बलात्कारको प्रयासका घटना बढेको कैलाली प्रहरीले जनाएको छ।

कैलाली प्रहरीका अनुसार आव २०७३/७४ मा ३० बलात्कार र आठ बलात्कार प्रयासका मुद्दा दर्ता भएकामा आव २०७४÷७५ मा ४१ बलात्कार र २५ बलात्कारको प्रयाससम्बन्धी मुद्दा परेका छन्। बलात्कारका घटना बढ्दै भइरहेका छन्। आर्थिक वर्ष २०७५/७६ मा ८२ बलात्कार र ३७ बलात्कारको प्रयाससम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका छन्।

प्रकाशित: २८ श्रावण २०७६ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App