१५ चैत्र २०८० बिहीबार
समाज

बढ्दै डेंगु सङ्क्रमण

पाँचथर– पूर्वी पहाडी जिल्ला पाँचथरमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ।  एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगका बिरामीको संख्यामा बढोत्तरी हुदै गएको हो। बिरामी भएकामध्ये कतिपयको जिल्लामै उपचार भएको छ भने कतिपय सुविधा सम्पन्न अस्पतालसम्म पुगेका छन्।

हालसम्म डेंगुका कारण ११ जना विरामी परेको पाइएको स्वास्थ्य कार्यालय पाँचथरका सूचना अधिकृत उमेश मेहेताले जानकारी दिए। फिदिममा रहेको समर्पित अस्पतालमा परीक्षण गर्दा पछिल्लो महिना ११ जनामा यस्तो लक्षण देखा परेको हो। रोग देखिएका मध्ये धेरैको जिल्लामानै उपचार भएको छ। समर्पित अस्पतालले पठाएको विवरणका आधारमा ११ जनालाई सक्रमण भएको खुल्न आएको मेहेताले जानकारी दिए। जिल्ला अस्पताल पाँचथरमा परीक्षण गर्ने किड्स थिएन। डेंगु रोगकमा विरामी देखिएपछि जिल्ला अस्पतालमा परीक्षण गर्ने किड्स झिकाइएको छ। ३० थान किड्स आईपुगेको जानकारी दिइएको छ।

ज्वरोको उपचार गर्न आएका विरामीको स्वास्थ्य परीक्षणको क्रममा डेंगु संक्रमण भेटिएको समर्पित अस्पतालका जनसम्पर्क प्रमुख शिशिर आङ्बोले बताए। धेरैको यहि उपचार गरिए पनि केहि विरामीलाई रेफर गर्नु परेको उनले जानकारी दिए।  सुनसरीको धरानमा व्यापक रुपमा फैलिएको भनिएको डेंगु सक्रमण पहाडी जिल्लामा पनि देखिएको हो। पहाडी जिल्लाका लागि यो रोग नौलो रहेको छ।

‘विरामीको विवरण संकलन गरेर तराई तीन महिनाभित्रमा झरेको नझरेको पत्ता लगाउने काम थालेका छौँ। तराईबाट आउनेलाईमात्र लागेको हो कि यहि पनि यस्तो सक्रमण भएको हो खोजी गरीरेहका छौँ। हामीले सचेतना मूलक कार्यक्रम सुरु गरीसेको छौँ' निमित्त जनस्वास्थ्य प्रमुख तेजबहादुर तुम्बापोले भने ‘वातावरणीय सरसफाईमा ध्यान दिन आवश्यक छ।

एक्कासी ज्वरो आउनु, पाँच सात दिनसम्म ज्वरो रहनु, आँखाको गेडी टाउकोको पछाडिको भाग दुख्नु, शरीर कट्टकटी दुख्नु यो रोगको लक्षण हाे। समस्या देखिए स्वास्थ्य केन्द्रमा सम्पर्क राखि उपचार गराए पूर्ण रुपमा स्वास्थ्यलाभ गर्न सकिने चिकित्सकहरु बताउँछन्। यो रोग चितवनमा सन् २००४ मा पहिलो पटक देखा परेको थियो।

 

प्रकाशित: २७ श्रावण २०७६ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App