८ वैशाख २०८१ शनिबार
समाज

११ वर्षीया बालिका बलात्कृत, काठमाडौं महानगरका कर्मचारी पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिकाका एक जना स्थायी कर्मचारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ बस्ने महानगरपालिकाको कुचीकार प्रमुख ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् ।

उनलाई पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी बोगटीले बताए। उनका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी भएको रिपार्ट आएको छ।

 

प्रकाशित: २७ श्रावण २०७६ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App