२० असार २०७७ शनिबार
समाज

कोशी टप्पुका अर्ना र आसपासका बासीन्दालाई खतरा

इटहरी– तीन दिनअघि कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्र बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाई–गोरुमा एन्थ्रेक्सको जीवाणु भएको रिपोर्टमा देखिएपछि आरक्षका अर्नासँगै अरु जनावर र  आसपासका मानिसमा पनि रोग सर्न सक्ने खतरा बढेको छ। रोग सर्न नदिनका लागि सर्तकता अप्नाउन थालिएको छ।

एन्थ्रेक्सको जीवाणुले आरक्षका अर्नासँगै अरु जनावर, मध्यवर्ती क्षेत्रका बासीन्दा र उनीहरुले पालेका जनावरलाई असर गर्नेछ। ‘आरक्षको मध्यवर्ती क्षेत्रमा गाई–गोरु मरेर ल्याबमा रगत परीक्षण गर्दा एन्थ्रेक्सको जीवाणु भेटिएकाले गर्दा अर्नासँगै अरु जनावर र आरक्ष आसपासका मानिसमा पनि सर्न सक्ने खतरा छ,’ कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन रामदेव चौधरीले भने।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका डाक्टर मनोजकुमार महत्तोका अनुसार, एन्थ्रेक्स ब्याक्टेरियाको जीवाणु हावा, पानी र माटोबाट सर्छ। एन्थ्रेक्सले सवै जनावर र मानिसमा सर्छ।

रोगको प्रकोप फैलिन नदिनका लागि जनावरमा भ्याक्सिन हानिने उनले बताए। ‘मरेको गाई–गोरुलाई राम्रोसँग नष्ट गर्ने काम भएको छ, अब गाई–गोरु मरेको प्रभावित क्षेत्रका अरु घर पालुवा जनावरलाई भ्याक्सिन हानिनेछ,’ उनले भने, ‘मानिसले पनि आफै सर्तक हुनुपर्छ।’ उनका अनुसार, जंगली जनावरलाई भने भ्याक्सिन हानिदैन, किन कि सम्भव हुँदैन्।

भ्याक्सिन भने मन्त्रालयबाट आइ पुगेको छैन्। सोमबारसम्म आइ पुग्ने अनुमान गरिएको छ। ‘यो अरु जस्तो तुरुन्तै पाइने होइन, जसले गर्दा मन्त्रालयसँग समन्वय गरि रहेका छौ,’ डाक्टर महत्तोले भने। उनका अनुसार, ४४ वटा गाईगोरु मरेबाहेक अरु घटना नभएकाले गर्दा आत्तिनुपर्ने अवस्था भने छैन्। तर, ढुक्क हुनुपर्ने अवस्था पनि नभएको जानकारी दिइयो।  

एन्थेक्सले गर्दा जनावर र मानिस दुवैको चिन्ता लिएर सचेतता अपनाउन भने थालिएको छ। ‘मरेका गाई–गोरुको नमूना परीक्षण पशुपंछी रोग अन्वेषण प्रयोगशला विराटनगरमा टेस्ट गर्दा एन्थे्रक्स जीवाणु भेटिएपछि सर्तकता अप्नाउन थालिएको छ,’ उनले आइतबार साँझ आरक्षका वार्डेनले भने, ‘तीन दिनअघि गाई–गोरु मरेको स्थानमा आज (आइतबार) पनि चिकित्सकसहितको टोली जादा थप अरु मरेको पाइएन्।’ उनका अनुसार अहिलेसम्मको अनुमान अनुसार हावाबाट सरेको भए अब थप क्षती नहुन सक्छ। तर, पानी र माटोबाट सरेको भए खतरा हुन सक्छ। जसको परीक्षण गरेपनि मात्र यकिन हुनेछ।

सर्तकता अपनाउने क्रममा गाई–गोरु मरेको स्थानसँगै त्यसको वरपर फर्मालिन औषधी दस प्रतिशतमा ४० प्रतिशत पानी मिसाएर छर्किने, चुनको प्रयोग गर्ने, प्रभावित क्षेत्रको सम्पूर्ण घास काटेर नष्ट गर्ने र मध्यवर्ती क्षेत्रका बासीन्दालाई सचेतना फैलाउन सकिनेछ।

‘एन्थ्रेक्स सरुवा रोग हो, जसले गर्दा सवै सचेत हुनुपर्छ,’ वार्डेन चौधरीले भने। यदि एन्थ्रेक्सको जीवाणुले आरक्षको मध्यवर्ती क्षेत्रका जनावरमा खतरा भए अर्नासँगै अरु जनावर र मानवीय क्षतीको खतरा हुनेछ। मानिसमा सावधानी अप्नाउँदा मास्क लगाएर हिड्नुपर्ने र कुनै जनावर मरेमा नाङ्गो हातले नछुईकन पशु विज्ञलाई सूचित गर्नुपर्छ। ‘मानिसमा सवैभन्दा छिटो काँचो मासु र अर्धकल्चो मासु खादा तथा पानीका कारणले छिटो सर्छ,’ पशु सेवा विज्ञ केन्द्रका डाक्टर महत्तोले भने।

विश्वका पाँचवटा मुलुकमा मात्र अर्ना पाइन्छ। नेपाल, भारत, भुटान, कम्बोडिया र थाइलैण्डमा अर्ना पाइन्छ। यी मुलुकमध्ये भारतपछि संख्याको  आधारमा नेपालमा बढी अर्ना पाइन्छ। त्यसमध्ये पनि कोशी टप्पुमै सवैभन्दा बढीको संख्यामा रहेका छन्।

अहिले आरक्षको मध्यवर्ती क्षेत्रमा गाईगोरु एन्थ्रेक्सको प्रकोपले मरेपछि अर्नासँगै मानिसमा रोग सर्ने खतरा बढेकाले गर्दा आइतबार नै राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका सहायक महानिर्देशक रामचन्द्र कडेल र एक जना विज्ञ चिकित्सक आएका छन्।

सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। यो क्षेत्रमा छाडा चौपाया बग्रेल्ती चरिचरनका लागि छाड्ने गरिएको छ। यसरी छाडा रुपमा छाडिएका गाई–गोरुमा एन्थेक्सको प्रकोपले गर्दा मरेका हुन्।

बिहीबार बिहान सप्तकोसीको पूर्वी तटवन्ध सुनसरी प्रकाशपुरबाट मुख्य भँगालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि पुगिने बराहक्षेत्र वडा नं. ६ र ९ को बस्ती श्रीलंका टापु क्षेत्रमा  गाई–गोरु मृत भेटिएका थिए। २८ वटा गाई र १६ वटा गोरु मृत भेटिएका  थिए। मरेका गाई–गोरुको नाक, मुख, कान, आँखा र पछाडिको मलद्धवारबाट रगत निस्किएको थियो।

श्रीलंका टापु वस्तीमा वर्षायाममा पूर्व र पश्चिम दुवै तर्फ कोसीको पानीले घेरिन्छ र टापुको रुप धारणा गर्छ।

कोशी टप्पु वन्य जन्तु आरक्षमा दुई वर्षअघि गरिएको गणना अनुसार, कोशी टप्पुमा अर्नाको संख्या ४४१ थियो। जसमध्ये १२ वटा चितवन राष्ट्रिय निकुञ्ज राखिएको थियो। यो अवधिमा सारिएकाबाहेक थप संख्या बढेको  छ। तर, गणना गरि नसकेकाले गर्दा यकिन भने भएको छैन्। आरक्ष क्षेत्रमा चरिचरनका लागि बग्रेल्ती जनावर छाडिने गरेका छन्।

आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा भने १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।

प्रकाशित: २६ श्रावण २०७६ २०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App